सिंचाईं मर्मत योजना र पानी संकलन टंकि निर्माणबाट सय बढि घरधुरी लाभान्वीत - साझाकुरा
मङ्लबार, असार ३०, २०८३

सिंचाईं मर्मत योजना र पानी संकलन टंकि निर्माणबाट सय बढि घरधुरी लाभान्वीत


editor@sajhakura July 13, 2026

असार २९

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाको सहयोगमाा सम्पन्न भएको बाक्चे खोला सिँचार्इ योजनाबाट ७० धर परिवार लाभान्वीत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाले चालू आर्थिक वर्ष ०८२र८३ मा सिंचााईं कुलो मर्मत संभार योजना अन्तर्गत बिनियोजन गरेको रु ५ लाख ५० हजार रुपैयाँ र स्थानीयको श्रमदान गरि कुल लागत ६ लाख ५० हजारमा खाँदबारी ४ मा सिंचाईं कुलो मर्मत संभार गरिएको थियो । सिंचाईं कुलो मर्मत पछि ७० घरधुरीका कृषकहरु लाभान्वीत भएका छन् । कृलो संचालन पछि अलैंची तथा सुन्तला बगान, धान खेती लगायत फलफल तथा तरकारी खेति लगायत ७ सय रोपनीमा सिंचाईं सेवा पुगेको राष्ट्रिय कृष् िआधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाईं संखुवासभाका प्रमुख नवराज गुरुङ्गले जानकारी दिए । उनले अघिल्लो बर्षको भारि बर्षादका कारण सिंचाईं कुलोको करिव २ सय ५० मिटर जतिमा क्षति पुगेका कारण करिव १ सय ५० मिटर क्षतिग्रस्त क्षेत्रमा सिमेण्टेड पक्कि कुलो र जोखिमयुक्त भिर क्षेत्रमा एचडिपि पाईप प्रयोग गरि सिंचाई कुलो संचालन गरिएको जानकारी दिए । उनले बाढि पहिरोका कारण सिंचाईं अवरुद्ध भएपछि धेरै कृषकहरुले खेति बाँझो राख्नुपर्ने बाध्यता रहेकाले लागत सहभागितामा उक्त योजना सम्पन्न गरिएको बताए । पछिल्लो समय कृषी क्षेत्रमा देखिएको घट्दो आकर्षण र खेत बाँझो राख्ने प्रबित्तीको अन्त्यका लागि पनि कृषकहरुलाई थप प्रोत्साहन गर्न कृषि आधुनिकीकरण कार्यक्रमले बिभिन्न कृषक मैत्री योजनाहरु ल्याउन लागेको कार्यालय प्रमुख गुरुङ्गको भनाई छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालय संखुवासभामा चालू आर्थिक वर्ष ०८२र८३ मा संघीय सरकारबाट विभिन्न शीर्षकमा कुल ५ करोड ८१ लाख १६ हजार ५ सय रुपैयाँ कुल बजेट प्राप्त भएको थियो। तीमध्ये ५ करोड २५ लाख १३ हजार ५ सय रुपैयाँ ९९२.१ प्रतिशत० खर्च गरिएको कार्यालय प्रमुख गुरुङको भनाइ छ।
त्यसैगरि कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत खाँदबारी–८ स्थित रातमाटेमा साना सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत संहार कार्यक्रमअन्तर्गत १२ लाख २७ हजार ७६३ रुपैयाँको कुल लागतमा पानी पोखरी निर्माण गरिएको छ ।

७० हजार लिटर क्षमताको पक्की पानी संकलन टंकि निर्माणबाट खाँदबारी ८ का १ सय बढि घरधुरी लाभान्वीत भएका छन् । उत्तः पानी संकलन टंकि निर्माणबाट बर्खामा खेतीपातीका लागि पानी संकलन गर्ने र हिउँदमा आगलागीलगायत विपद्का घटनाहरू हुँदा सहज होस् भनेर पानी पोखरी निर्माण गरिएको स्थानीय धर्मदेवी स्वास्थ्य आमा समूहकी अध्यक्ष लक्ष्मी लिम्बू पाठकले जानकारी दिइन्। उनले यो क्षेत्रमा पानीको समस्या रहेकाले प्राकृतिक विपत्तिबाट बच्न, हिउँदे बालीनालीमा सिँचाइ र बर्खामा धानखेती गर्न ठुलो सहजता आएको उनको भनाई छ ।
उक्त पानी पोखरी निर्माण गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाले रु। ४ लाख ९ हजार ७३३ रुपैयाँ सहयोग गरेको छ भने जनसहभागितामा २ लाख १५ हजार ३० रुपैयाँ र स्थानीय सरकारबाट ६ लाख रुपैयाँ गरी खर्च भएको धर्मदेवी आमा समुहकी अध्यक्ष लक्ष्मी लिम्बुले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *