विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आजदेखि - साझाकुरा
बिहिबार, असार २५, २०८३

विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आजदेखि


editor@sajhakura July 9, 2026

असार २५
फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् ।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् ।
दोस्रो क्वाटरफाइनलमा पर्सि राति पौने १ बजे स्पेन र बेल्जियम खेल्नेछन् । सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेको हो ।
बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । तेस्रो क्वाटरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । अन्तिम क्वाटरफाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आउँदो आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *