ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन - साझाकुरा
बिहिबार, असार २५, २०८३

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन


editor@sajhakura July 9, 2026

असार २५
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चौबीसै घण्टा अनुगमन शुरु गरिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
असार २० गते चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको ज्यान गएको थियो ।
मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त ठाउँमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ । रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *