धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा - साझाकुरा
शुक्रबार, जेष्ठ २२, २०८३

धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा


editor@sajhakura June 4, 2026

जेष्ठ २१

राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री डाधवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रमको आयोजना गरि उनीहरूले सामुहिक रुपमा राप्रपा त्याग गरेको घोषणा गरेका हुन् ।
पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारी लगायतले राप्रपा त्यागेकोे उल्लेख गरिएको छ । राप्रपाबाट ठुलो संख्यामा नेताहरु बाहिरिएपछि राप्रपा संसदिय दलका नेता ज्ञानेन्द्र शाही र पार्टि अध्यक्ष राजेन्द्र लिङ्देन बिच खटबढेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *