भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी - साझाकुरा
बिहिबार, जेष्ठ २१, २०८३

भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी


editor@sajhakura June 4, 2026

जेष्ठ २०
बिश्व शक्ति राष्ट्रचिन र भारतलाई जोड्ने त्रिदेशिय लिंङ्क रोड संखुवासभाको भोटखोलामा पर्ने चिनको नाका किमाथांन्कामा पहिलो पटक सरकारी गाडि पुगेको छ । किमाथांन्काको पालिकास्थरिय योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष शाहना लामा सहितको टोलि पहिलो पटक भोटखोला गाउँपालिकाको गाडि लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाहरुमा खुशीयाली छाएको भोटखोला १ किमाथान्काका वडाध्यक्ष नुर्बू च्याबाले बताए । केहि हप्ता अगाडी किमाथान्का नाकासम्म ४ वटा ट्याक्टर समेत पुगेको थियो । ट्याक्टर पुगेको खुशीयालीमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशीयाली नै मनाएका थिए ।
सदरमुकाम खाँदबारीबाट १५७ किलोमिटरको दुरीमा रहेको नेपालको किमाथान्का नाका चीनसंग सिमाना जोडिएको क्षेत्र हो ।
२०७७ साल माघ द्दछ गते खाँदबारी किमाथांन्का सडक खण्डको सबैभन्दा कठिन मानिएको अप्ठ्यारो चट्टानी क्षेत्र रहेको च्याम्ताङ् देखि घङघोप्पा सम्मको १०. ८१ किमि सडक सेनालाई निर्माणको जिम्मा दिईएको थियो । सेनाले उक्त क्षेत्रको कार्य सम्पन्न गरि नेपाल सरकारलाई बुझाई सकेको छ । उक्त सडक निर्माण पछि भोटखोला बासिको दैनीक जिवनमा ठुलो सहजता आएको उत्तर दक्षिण कोशी सडकका कार्यालय प्रमुख राम बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
अहिले सडकको स्तरोन्नतिको कार्य अघि बढिरहेको वहाँको भनाई छ । उक्त सडक निर्माण सम्पन्न भएपश्चात संखुवासभाको भोटखोला क्षेत्रको बिकास निर्माण लगायत दैनिक जिवनमा सहजता थपिनुका साथै दुई ठुला मुलकहरु चिन र भारतसंगको ब्यापारिक नाका संचालन पश्चात नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *