जेष्ठ ३०
खाँदबारी नगरपालिकाको आयोजना तथा बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेको सहजीकरणमा क्षमता अभिबृद्धि तथा तनाव ब्यवस्थापन सम्वन्धी दुई दिने तालिम आयोजना गरिएको छ । खाँदबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम प्रसाद बजगाईको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको तनाव ब्यवस्थापन सम्वन्धी तालिममा खाँदबारी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी जिल्लाका शुरक्षा निकाय, पत्रकार र बुद्धिजिवी लगायतको ब्यापक सहभागिता रहेको थियो । खाँदबारी नगरपालिकाका बरिष्ठ लेखा अधिकृत रुद्रमणी श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रमलाई सम्बोधन गर्नूहुँदै बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले तालिमले नगरपालिकाको जननिर्वाचित जनप्रतिनिधी तथा कर्मचारीको कार्य क्षमता अभिबृद्धि, शान्त मन र तनाव रहित वातावरणमा सुसाशन कायम राख्दै सेवाग्राहीहरुप्रति समर्पित हुन तनाव ब्यवस्थापन तालिम प्रभावकारी बताउनुभएको थियो । आजबाट शुरु भएको तालिम भोली जेष्ठ ३१ सम्म संचालन गरिने बताईएको छ ।