असार २५
स्वास्थ्य मन्त्रालयले ७५३ वटै पालिकालाई पत्र लेख्दै डेंगी महामारीको जोखिम रहेको भन्दै तीन महिनासम्म जनचेतना तथा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
डेंगी भाइरसको संक्रमणबाट यो वर्ष दुई जनाको मृत्यु भएको भएको पुष्टि भएको छ । गत जनवरीयता मात्रै १२ सयभन्दा बढी मानिस संक्रमणपछि उपचारको लागि अस्पताल पुगेका छन् ।
मृत्यु हुनेमध्ये एक जना ७८ वर्षीय र अर्का ३९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जनाएको छ । मृतकहरू दुवैमा अन्य स्वास्थ्य समस्या पनि रहेको अधिकारीहरूको भनाइ छ । ु७८ वर्षीय बिरामी निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा डेंगी भाइरस संक्रमण पनि पुष्टि भयो,ु स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ुअर्का ३९ वर्षीय बिरामीमा कालाजारको संक्रमण पनि थियो। तर चिकित्सकहरूले डेंगी संक्रमणलाई नै मृत्युको प्रमुख कारण मानेका छन् ।ु
डेंगी एडिज एजिप्टाई तथा एडिज एल्बोपिक्टस जातका पोथी लामखुट्टेले सार्ने भाइरल रोग हो । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार यी लामखुट्टेले चिकुनगुनिया, यल्लो फिभर र जिका भाइरस पनि सार्ने गर्छन् ।