असार २५
प्रधानमन्त्री वालेन्द्र शाहले बिहिबार निर्माण व्यवसायीसंग भेटवार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्रीले निर्माण ब्यवसायिका समस्या , व्यवसायको प्रवर्द्धन भौतिक पूर्वाधार विकासका बारेमा छलmल गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र देश निर्माणको प्रमुख मेरुदण्ड भएकाले यस क्षेत्रका समस्या समाधानका लागि सरकार गंभिर रहेको बताउँदै निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउन आग्रह गरेको प्रधानमन्त्रीको कार्यालयले उल्लेख गरेको छ ।
उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।