संखुवासभा बैसाख २०
नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना तथा छलफल र चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता र नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा पत्रकार महासंघका उपाध्यक्ष मेघराज तामाङ्ग, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष जनक चापागाईं, चौतारीका पुर्व अध्यक्ष प्रेम प्रसाद निरौला, पत्रकार महासंघका सहसचिव तथा फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य लगायतको उपस्थीति रहेको थियो ।
पत्रकार महासंघका उपाध्यक्ष यमुना गुरागाईंले उपस्थीत पत्रकारहरुलाई स्वागत गर्दै ३२ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा शुभकामना प्रकट गर्नूभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल संखुवासभाका अध्यक्ष जनक चापागाईले पत्रकारले समयानुकुल प्रबिधिमा जोड दिँदै पत्रकारले आफ्नो शुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक भएको धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधनका क्रममा महासंघका सहसचिव सुजन बज्राचार्यले सबै संचारकर्मीले सहि सुचना सम्प्रेषणमा जोड दिनुपर्ने बताएका थिए । महासंघका उपाध्यक्ष तथा आदिबासि जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष मेघराज तामाङ्गले प्रबिधीमैत्री प्रेस जगतले मात्रै अहिलेको पाठक, दर्शक र श्रोतालाई आकर्षित गर्न सक्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कोशी प्रदेस सदस्य ईन्द्र गिरीले पछिल्लो समय पत्रकारीता क्षेत्रलाई वर्तमान प्रबिधिले ठुलो सहयोग पुर्याउनका साथै चुनौति पनि त्यतिनै थपिदिएकाले सहि सुचना संकलन र सम्प्रेषणमा संचारकर्मीले अझै बढि ध्यान पुर्याउन आवश्यक भएको बताएका थिए ।
पत्रकार महासंघका सचिव नवीन गुरुङ्गले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्णराज शाक्यले प्रबिधिको बढ्दो पहुँचले अहिलेको संचार क्षेत्रलाई सहज बनाए पनि यहि प्रबिधिले अहिले संचारमाध्यमको भविश्यमाथी खतरा पनि बढाईरहेको तथ्य प्रस्तुत गरेका थिए । समाजलाई सचेत बनाउने गहन जिम्मेवारी बोकेको पत्रकार पेशा अंगालि राख्दा जनताले के चाहिरहेका छन् कस्ता सुचनाले समाजलाई सकारात्मक योगदान दिनसक्छ भन्नेकुरालाई संचारकर्मीले बढि ध्यान दिन आवश्यक रहेको अध्यक्ष शाक्यको भनाई थियो । कार्यक्रमको समापन मन्तब्यको क्रममा अध्यक्ष शाक्यले पत्रकार देख्दा डर त्रास हैन समाजले आड भरोषा महशुस गर्न सकोस भन्ने धारणा राखेका थिए ।