२२ वैशाख २०८२
धरानबाट भोजपुरका लागि छुटेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाईते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको गंभिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइतेलाई उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ । सोमबार बिहान करिव १०ः२० बजे धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सडकबाट खस्दा दुर्घटना भएको हो ।
उक्त घटनामा घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाईतेहुने हरुमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेको बताईएको छ ।
त्यसैगरि भोजपुर नगरपालिका–११ का सविना बराइली, देवी टविक, धनकुटाको साँगुरीगढी गाउँपालिका –६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ का पुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने भएको प्रहरीले जानकारी दिएको छ ।
बस के कारणले दुर्घटना भयो भन्ने बारेमा थप अनुशन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय घनकुटाले जनाएको छ ।