हेदाङनागढीमा ईलाका प्रशासन कार्यालय स्थापना - साझाकुरा
बुधबार, बैशाख २३, २०८३

हेदाङनागढीमा ईलाका प्रशासन कार्यालय स्थापना


editor@sajhakura May 5, 2026

संखुवासभा बैसाख २२
संखुवासभा — मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

सोमबार प्रतिनिधी सभा सदस्य डाक्टर अर्जून कुमार कार्कीले एक समारोहका बिच कार्यालयको उद्घाटन गरेका हुन् ।
ईलाका प्रशासन कार्यालय स्थापना संगै जिल्लाका दुर्गम हिमाली पालिकाहरु भोटखोला र मकालु गाउँपालिकाका स्थानीयहरुले सेवा लिन सदरमुकाम खाँदबारी धाउनुपर्ने बाध्यता हटेको छ ।

नेपाल सरकारले दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीति अनुरुप हेदाङ्नागढीमा कार्यालय स्थापना गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख जुनकुमार राईले बताए । उनले यहााबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन आफुले सक्दो प्रयास गर्ने जनाए।

कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य राजेन्द्र कार्की तथा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले संखुवासभाका दुर्गम क्षेत्र भोटखोला र मकालुका बासिन्दाका लागि यो ठुलो उपलब्धी भएको धारणा राख्दै स्थानीय बासिन्दाको सर्वसुलभ सेवाका लागि सँधै तत्पर रहन कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *