बैसाख २३
इन्धनसहित निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई एक साताभित्र समायोजन गर्न निर्माण व्यवसायीले माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक साताभित्र मूल्य समायोजनको निर्णय नगरेमा आयोजनाका सम्पूर्ण निर्माणकार्य स्वतः बन्द गर्दै जाने चेतावनी दिएको हो ।
इन्धनसहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिलाई सरकारले समयमै समायोजन नगर्दा निर्माण उद्योग कठिन मोडमा आइपुगेको महासंघका अध्यक्ष निकोलस पाण्डेले बताए ।