प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक


editor@sajhakura May 6, 2026

बैसाख २३
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा सम्बैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहले निर्देशन दिएका छन् । शाहको निर्देशनअनुसार परिषद् सचिवालयले भोली बैसाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाइएको जनाईएको छ । ।
संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिसु रहेको छ।
बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिसकिएको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *