जेष्ठ २२
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने तैयारीमा जुटेको छ।
शुक्रबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने जानकारी दिएका हुन्।
‘नेकपा एमालेले आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्पहरू प्रयोग गर्ने’, विज्ञप्तिमा उल्लेख गरेको छ।
आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको ठहर गर्दै नियोजित ढङ्गबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्नेगरी दोषारोपण गर्ने उद्देश्यबाट प्रेरित भई प्रतिवेदन तैयार गरिएको एमालेको आरोप छ।