editor@sajhakura, Author at साझाकुरा - Page 12 of 97
शनिबार, असार १३, २०८३

Author: editor@sajhakura

अध्यक्षमा बोगटी सर्बसम्मत
समाचार

अध्यक्षमा बोगटी सर्बसम्मत

संखुवासभा असार ६ अखिल नेपाल सरकारी अस्थाई, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा आज सम्पन्न भएको छ । अधिवेशनले एसन बोगटिको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिना पोख्रेल, सुजन श्रेष्ठ र देवेन्द्र अधिकारी चयन भएका छन् । अधिवेशनले सचिवमा बिलाश घिमिरे, सहसचिवमा मनिश गौतम, कोषाध्यक्षमा टंक राईर सहकोषाध्यक्षमा बिष्णु खड्का कार्कीलाई सर्बसम्मत रुपले चयन गरेको उपाध्यक्ष मिना पोख्रेलले जानकारी दिईन । यसैगरि समितिको सल्लाहकारमा भक्त बहादुर घिमिरे, अम्मरलाल भट्टराई र राजेन्द्र अधिकारी सर्बसम्मत रुपमा चयन भएका छन् । अखिल नेपाल सरकारी अस्थाई, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारी सेवामा अस्थाई करार र ज्यालादारी कर्मचारीको हक हितका लागि आवाज उठाउँदै आएको छ । ...
नेपाली जनसम्पर्क समिति मलेशियाद्वारा संकलित रकम पत्रकार महासंघद्वारा लक्षितवर्गलाई हस्तान्तरण(भिडियो सहित)
अन्तर्राष्ट्रिय, समाचार

नेपाली जनसम्पर्क समिति मलेशियाद्वारा संकलित रकम पत्रकार महासंघद्वारा लक्षितवर्गलाई हस्तान्तरण(भिडियो सहित)

असार ६ नेपाली जनसम्पर्क समिति मलेशियाले संकलन गरि पठाएको रकम नेपाल पत्रकार महासंघ संखुवासभाले हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ । ं समितिले संकलन गरि पठाएको रु ३० हजार मध्ये खाँदबारी ७ स्थीत माट्स नेपालदेवारा संचालित बाल कल्याण गृहलाई १५ हजार बराबरको सामग्री र सभापोखरी ६ मा गत जेष्ठ २५ गते आगलागि भै घरबार बिहिन बनेका सुवास राईको परिवारलाई हस्तान्तरण गरिएको हो । पत्रकार महासंघले जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा हिजो एक कार्यक्रमको आयोजना गरि बालकल्याण गृहलाई सहयोग उपलब्ध गराएको थियो भने आज सनिवार सभापोखरी वडा नं। ६ का वडाध्यक्ष जितेन्द्र वनेमको उपस्थीतिमा सभापोखरीका अग्नी पिडित राईका परिवारलाई महासंघ कार्यालयमै एक कार्यक्रमको आयोजना गरि रु १५ हजार हस्तान्तरण गरेको हो । नेपाली जनसम्पर्क समिति मलेशियाले यश अघि पनि विभिन्न समस्यामा परे...
रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना
अर्थ/व्यापार, समाचार

रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना

संखुवासभा जेष्ठ २९ संखुवासभाको खाँदबारीमा कोशेली घर स्थापना गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाको ७५ प्रतिशत अनुदान र संखुवासभा उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा प्याकेजिङ प्रशोधन मेशिन सहित करिव नौं लाखको लागतमा कोशेलीघर स्थापना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । जिल्लाको रैथाने उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म बजारीकरण गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको संघका अध्यक्ष बस्नेतले बताए । बिहिबार एक कार्यक्रमका बिच प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कोशेली घरको उद्घाटन गरेका हुन् । कोशेली घरमा संखुवासभामा उत्पादित अल्लोबाट बनेका कपडा,जुत्ता चप्पल, झोला, सल सख्खर, अलैंचिका परिकार, बिश्वमै दुर्लभ संखुवासभामा मात्रै उत्पादन हुने ताक्मरु चामल, रुद्राक्षबाट बनेका हस्तकलाका सामग्री,संखुवासभामा पाईने जडिब...
पाँचखपनका ३ परिवार आफन्त खोज्दै
समाचार

पाँचखपनका ३ परिवार आफन्त खोज्दै

जेष्ठ २६,संखुवासभा संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ का ३ परिवार आफ्ना परिवारका सदस्यको खोजीमा छन् । माओवादी दन्द्धकाल र त्यसअघि विभिन्न कारणले परिवारबाट वेखबर भएकाहरुको खोजी गर्न वेपत्ता परिवारका सदस्यहरु लागेका छन् । यसअघि आफन्त लगायत आशंका गरिएका स्थानहरुमा परिवारले खोजी गरिसकेका छन् । यस पटक भने वडा नं. ७ को सहयोगमा सञ्चारमाध्यमबाट नै खोजी गरिदिन उनीहरुले आग्रह गरेका छन् । पाँचखपन–७ बाट विभिन्न समयमा अमर बहादुर कटुवाल, अमर बहादुर कालिकोटे खड्का र पदम बहादुर दर्जी हराएका थिए । पिडित परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार अमर बहादुर कालिकोटे खड्का हराएको अहिले ३५ बर्ष भयो । घरबाट नागालैन जान्छु भनेर हिडेका उनका २ छोरा र २ छोरी र श्रीमति छन् । यसैगरी अमर बहादुर कटुवाल २०५८ साल चैत महिनाबाट हराएको उनकी छोरी भगवती कटुवाल ढकालले बताइन् । उनको खोजी हालसम्म परिवारकोतर्फबाट मात्र ...
हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित
समाचार, समाज

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित जेष्ठ २३ संखुवासभा । करिब दुई महिनाको अवधीमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४९मी.) र विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४८५मी.) सफल आरोहण गर्ने संखुवासभा मकालु २ कि किप्पा ल्हमु शेर्पा सम्मानित भएकी छन् । विहीबार सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले किपा लामु शेर्पालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गरेको हो । जिल्लाको मकालु गाउँपालिका वडा नं. २ मा जन्मिएकी किपा लामुले यहि बर्ष करिब दुई महिनाको अवधीमा दुई अग्लो हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी २८ बर्षीय किपा लामु ३ जना छोराछोरीका आमा हुन् । उनले गत १० अप्रिल अर्थात चैत्र २८ गते १२ दिनमा विश्वको पाँचौ अग्लो मकालु हिमाल चढेकी थिइन भने २३ मे अर्थात जेठ ९ गते ४ दिनमा नै...
स्थापना दिवसका अवशरमा नागरिक सम्बाद
शिक्षा, समाचार, स्वास्थ्य

स्थापना दिवसका अवशरमा नागरिक सम्बाद

मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो । लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लग...