मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित
संखुवासभा जेष्ठ ५
संखुवासभाको मकालु २ निवासी एकै घरका ५ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । नेपाल पत्रकार महासंघ संखुवासभाले आज एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
मुक्टुक लाक्पा शेर्पा, डिमा दोर्ची शेर्पा, आङ डि शेर्पा, पासाङ याङ्जी शेर्पा र पेछुम्बे शेर्पाले गत बैशाख २६ गते ८,४८५ मिटर अग्लो मकालु हिमालको शिखरमा पाइला टेकेका हुन्।
एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आरोहण गर्नु नेपाली पर्वतारोहण इतिहासमै उल्लेखनीय उपलब्धि मानिएको छ।
महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल रहनुभएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, राष्ट्रिय अनुशन्धान प्रमुख एसपी उमेश पाण्डे, संखुवासभाका प्रहरी नायव उपरिक्षक...