अन्तर्राष्ट्रिय Archives - Page 11 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थानमामा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु
अन्तर्राष्ट्रिय

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थानमामा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु

सिरियामा एक सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थलमा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु भएको छ भने आक्रमणमा परि अन्य २ सय ४० बढि घाईते भएका छन् । होम्सस्थीत सैन्य कलेजमा आयोजना गरिएको दीक्षान्तसमारोहमा अन्धाधुन्द आक्रमण गरिँदा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले प्रसारण गरेको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले सैयौंको संख्यामा घाइते भएकाहरुको अवस्था निक्कै गम्भीर रहेको बताएका छन् । समारोहमा सिरियाका रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण गरिएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक आक्रमणका रुपमा लिईएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परिवार र आफन्त सहभागी रहेका थिए । पछिल्ला १२ वर्षदेखि सिरिया चरम गृहयुद्धको चपेटामा फसिरहेको छ । आक्रमण कसले कुन उदेश्यले गरेको हो भन्ने कुरा नख...
रुसले युक्रेनको खार्किभमा भैरहेको श्रद्धाञ्जलीसभा स्थलमा आक्रमण गर्दा ५१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

रुसले युक्रेनको खार्किभमा भैरहेको श्रद्धाञ्जलीसभा स्थलमा आक्रमण गर्दा ५१ जनाको मृत्यु

युक्रेनको खार्किभ स्थीत दक्षिणपूर्वी भागमा अवस्थीत ह्रोजा गाउँमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा थप ५१ जना शोकाकुल नागरिकको ज्यान गएको छ ।ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी भैरहेको समयमा रुसले उक्त स्थलमा क्षेप्यास्त्र प्रयोग गर्दा उनिहरुको ज्यान गएको बीबीसीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । छ । आक्रमणमा बालबालिका सहित कम्तीमा ५१ जनाको मृत्यु भएको युक्रेनका संचारमाध्यमहरुले उल्लेख गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर श्रद्धाञ्जली अर्पण गरिरहेको तस्वीर सार्वजनिक भएको छ । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरुले श्रद्धाञ्जली सभा आयोजना गरिरहेका थिए ।...
इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मृत्यु हुनेमा ५ जना युक्रेनी नागरिक, १जना जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले जानकारी दिएका छन् । बस पर्यटकहरूलाई भेनिसबाट मर्घेरा जिल्लामा रहेको क्याम्प साइटमा लैजान भाडामा लिइएको बताइएको छ । बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गृहमन्त्री माटेयो पियान्टेडोसीले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।...
नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार
अन्तर्राष्ट्रिय

नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार

नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ । नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पश्चिम अफ्रिकी देशहरुमा अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटनाका घटना हुँदै आएका छन् ।...
माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी
अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी हुनुभएको छ । दोस्रो चरणमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई लाख ८२ हजार मतदाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । पहिलो चरणमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै पनि उम्मेदवारले हासिल गर्न नसकेपछि दोश्रो चरणको मतदान भएको हो । राष्ट्रपति पदमा निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै नवनियुक्त राष्ट्रपति मुइज्जुले नागरिकले दिएको मतको सम्मान गर्दै देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपतिमा मुइज्जुको जितलाई माल्दिभ्स मात्रै नभएर छिमेकी देश र विश्वमा निकै चासोका साथ हेरिएको छ । मुइज्जु चीन निकट मानिनुहुन्छ । यो चुनावी मतपरिणामले माल्दिभ्सको विदेश न...
२ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा २५ सय हराए
अन्तर्राष्ट्रिय, समाचार

२ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा २५ सय हराए

चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको  मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,' न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त 'युएनएचसीआर' का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएका अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये  करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनले जानकारी दिए।  गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपू...
पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे
अन्तर्राष्ट्रिय

पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाकाे जनाको ज्यान गएको छ । विस्फाेटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । ...
इजरायलमा सहायक कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार
अन्तर्राष्ट्रिय

इजरायलमा सहायक कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार

नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेकाे छ ।  इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयाे। उहाँका अनुसार इजरायलले सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ । इजरायलले पहिलो चरणको तुलनामा बढी सङ्ख्यामा सहायक कामदार लैजान रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत् नै दोस्रो चरणमा कामदार पठाउने तयारी थालिएको घिमिरेले बताउनुभयो । पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लागेकाे घिमिरेले बताउनु भयाे ।  इजरायल रोजगारीमा सन् २००९ सम्म ...
भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै

एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ । गत जुलाईमा बेपत्ता भएको ती दुई जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएपछि विरोध प्रदर्शन थप हिंसात्मक बन्दै गएको हो । राजधानी इम्फलमा बुधबार प्रदर्शनकारीले एक नेताको घरमा आक्रमणको प्रयास गर्नुका साथै प्रहरीमाथि कुटपिट गरि हतियार खोसेर लगेको समाचारमा उल्लेख छ । मणीपुर प्रहरीले बुधबार राती विज्ञप्ती जारी गर्दै अनियन्त्रीत भिडले सुरक्षाकर्मीको सवारीमा आगजनी गरेको र भिडलाई नियन्त्रण गर्न अश्रु ग्याँसको प्रयोग गरिएको जनाएको छ । प्रदर्शन नियन्त्रणमा लिने क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । हतियार खोसेर फरार भएकोहरुको तीब्र खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । प्रदर्शनलाई मध्यनजर गर्दै कर्फ्यु जा...
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट, २० जनाको मृत्यु
अन्तर्राष्ट्रिय

नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट, २० जनाको मृत्यु

नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्। स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो। घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् । आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन्। अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ। यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन्। अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्...