अन्तर्राष्ट्रिय Archives - Page 12 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी
अन्तर्राष्ट्रिय

एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकाल २०२३–२०२५ का लागि अध्यक्ष पदमा आरके शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ। त्यसका लागि शर्माले कतारबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्। शर्माले एनआरएनएका वर्तमान उपाध्यक्षको जिम्मेवारि संम्हालिरहेका छन् । आफ्नो नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको समेत भ्रमण सकिसकेका छन् भने अन्य देशको भ्रमणको तैयारीमा समेत रहेका छन् । । बिभिन्न देशको भ्रमणपश्चात आफ्नो पक्षमा प्रवासि नेपाली बिच राम्रो माहोल देखिएको उनले बताएका छन्। उनले भने एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ,’। कतारको दोहास्थित र्‍याडिसन ब्लु होटलमा एक कार्यक्रमको आयोजना गर्दै...
उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । तर उनलाई कहिले र कहाँबाट निश्कासन गरिने छ भन्ने खुलाइएको छैन । उत्तर कोरियाली सैनिक हिरासतमा रहेका उनले आफू जातीय भेदभाव र विभेदको शिकार भएका कारण भागेर उत्तर कोरिया छिरेको दाबी गरेका थिए । अमेरिकाले भने शुरुदेखि नै किङलाई सकुशल घर फर्कने वातावरण मिलाउन आग्रह गर्दै आएको थियो । उनी उत्तर कोरिया छिर्नु अघि मात्रै दुई महिना सैन्य हिरासतमा बसेको पनि खुलेको थियो । ...
आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान
अन्तर्राष्ट्रिय

आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उहाँकाे भनाइ छ । महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गर्नुभयाे । आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो ।   गुटेरेसले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्नेमा जाेड दि...
इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु
अन्तर्राष्ट्रिय

इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु

एजेन्सी । इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १ सय ५० भन्दा बढी घाइते भएका छन् । निनभ राज्यको उत्तरी क्षेत्रस्थित अल हम्दानिया जिल्लामा मंगलबार राति भएको उक्त घटनामा बेहुला र बेहुलीले समेत ज्यान गुमाएको आशंका गरिएको छ । घटनाको यकिन कारण स्पष्ट नभएपनि आतसबाजी जलाउँदा आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।...
जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति कांग्रेस बैठकमा तिब्र असन्तुष्टि
अन्तर्राष्ट्रिय, समाचार

जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति कांग्रेस बैठकमा तिब्र असन्तुष्टि

भारतमा भएको १८ औं जी–२० शिखर सम्मेलनमा नेपालको सहभागीता नरहेको भन्दै केन्द्रिय कार्यसमितिका सदस्यहरुले बैठकमा तिब्र असहमती प्रकट गरेका छन् । कांग्रेस केन्द्रिय सदस्यले जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति नेपालको कूटनीति कमजोर भएको हो ? भन्ने प्रश्न तेर्स्याएका थिए। कांग्रेस केन्द्रिय सदस्य भिम पराजुलीले बंगलादेश सहभागी हुँदा नेपाल किन नभएका हो भन्दै प्रश्न गरे। पराजुलीले भने,‘गत हप्तामात्रै भारतमा सम्पन्न जी–२० शिखर सम्मेलनमा मित्रराष्ट्र भारतले छिमेकी बंगलादेशलाई उच्च प्राथमिकतामा राखेर, सहभागी गराएर, विद्युत व्यापारका कुराहरु विश्वसमामु पुर्‍याउँदा नेपालको किन उपस्थिति हुन सकेन रु यदि हामीले समयमै सुझबुझ पूर्ण तयारी गरेको भए बंगलादेशको जस्तै अवसर प्राप्त गर्न सक्थ्यौं। हाम्रो कूटनीति कहाँ चुक्योरु हामी गम्भीर ढंगले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्छ।’ जी २० मा अर्जेन्टिना, ...
लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु

लिबियाको बिनासकारि बाढिमा परि मृत्युहुनेको संख्या ३ हजार नाघेको छ । आँधिसंगै आएको बर्षादका कारण शुरुभएको बाढिमा परि हालसम्म ५ हजार ३ सयको मृत्यु भएको लिबियाका मन्त्री हिशाम चकियोतले बताए । अहिलेपनि बेपत्ताको अवस्था भयावह अवस्थामा रहेकाले मृतकको संख्यामा उल्लेख्य बृद्धिुहन सक्ने मन्त्री चकियोतले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई बताएका छन् । आँधि र बाढि पछि निरन्तर रुपमा उद्धार र राहतमा जुटेका त्यहाँका शुरक्षा अधिकारीहरुले अझैपनि १० हजार बढि बेपत्ता अवस्थामा रहेको र ३० हजार बिस्थपित अवस्थामा रहेको जानकारी दिएका छन् । गत आईतबार राति आएको डेनियल नामको आँधीबाट लिबियाको डेर्नामा सुनामी सहितको बाढी आएको थियो । उक्त बाढीबाट करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै बस्ति र ईलाका बगाएर समुद्रमा पुर्याएको त्यहाँका संचारमाध्यमहरुले जनाएको छ । डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा ठुला ...
टाइम म्यागेजिन: विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन
अन्तर्राष्ट्रिय

टाइम म्यागेजिन: विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन

बिश्वको उदियमान छवी भएका १०० नेताक ारुपमा नेपालका बालेन शाह पनि पर्न सफल भएका छन् । बिश्वप्रशिद्ध टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान एक सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र अर्थात बालेन शाहको नाम समेत समावेश गरेको हो । टाईम म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहको नाम समावेश गरेपनि यतिवेला काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको नम पुन एक पटक चुलिएको छ । संसारका प्रभावशाली सय व्यक्तिहरुको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची प्रकाशन गरि बिश्वब्यापी प्रचारप्रसार गर्न शुरु गरेको हो । टाईम्स म्यागेजिनले प्रत्येक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची गर्दैआएको छ । जसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार...
मोरक्को बिनाशकारि भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ पुग्यो
अन्तर्राष्ट्रिय

मोरक्को बिनाशकारि भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ पुग्यो

मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ । दुर्गम पहाडी क्षेत्रमा पुगेको उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने क्रम शुरु भएसँगै ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको बीबीसीले जनाएको छ । भूकम्प प्रभावित पहाडी क्षेत्र पुग्ने सडकमा ठूला ढुङ्गाको अवरोधका कारण उद्धारमा ठूला उपकरणको प्रयोग गर्न नमिलेको र उद्धारकर्ताले सामान्य औजार प्रयोग गरेर भग्नावशेषमा फसेकाहरूको उद्धार गरिरहेका बीबीसीले जनाएको छ । दुई हजार पाँच सय जनाभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ । मोरक्कोको हाइ एट्लस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । धेरै व्यक्ति भूकम्पले बनाएको खण्डहरूमा बसिरहेका र राहत पर्खिरहेका बीबीसीले जनाएको छ । मोरक्कोले अहिलेसम्म बेलायत, स्पेन, कता...
भारत मणिपुर हिंसाको राष्ट्रसंघद्धारा निन्दा
अन्तर्राष्ट्रिय

भारत मणिपुर हिंसाको राष्ट्रसंघद्धारा निन्दा

मणिपुर हिंसाको बिषयलाईलाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको तित्र्र आलोचना भएको छ । मणिपुरमा भड्किएको हिंसात्मक एवं बिध्वंसात्मक कृयाकलापलाई गम्भीर भएर रोक्न नसकेको भन्दै राष्ट्रसंघमा भारतीय नेतृत्वको तिब्र आलोचना भएको हो । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जातीय हिंसा भड्किएको र मानव अधिकार उल्लंंघनका जघण्य घटना हुँदा समेत त्यसलाई नियन्त्रण र दोषीमाथि कारबाहि गर्न सरकार चुकेको भन्दै राज्य र केन्द्र सरकारको तिब्र आलोचना गरियो राष्ट्रसंघमा मणिपुरमा शारीरिक र यौन हिंसा र घृणायुक्त भाषण रोक्नका लागि कानुन कार्यान्वयनमा भारत सरकारका कारबाही ढिलो भएको र पीडितले न्याय नपाएकोमा राष्ट्रसंघमा गम्भीर चिन्ता र चासो ध्यानाकर्षण भएको बिज्ञप्तीमार्फत जनाएको छ । मणिपुरमा गत मे महिनाबाट द्धन्द शुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय बढि घाइते भएका, दशौँ हज्जारको संख्यामा मानिसहरु विस्थापित हुन...
सुडानमा हवाई आक्रमणमा परि २० को मृत्यु
अन्तर्राष्ट्रिय

सुडानमा हवाई आक्रमणमा परि २० को मृत्यु

सुडानको दक्षिणी क्षेत्रमा हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको सुडानी अधिकारकर्मीहरुले बताएका छन् । स्वयंसेवक समूहका अनुसार बम विस्फोटका कारण शवहरू छरिएको र जलेर टुक्रा–टुक्रा भएका कारण मृतकको पहिचानमा समस्या भएको त्यहाँका शुरक्षा प्रशासनले जनाएको छ । अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज आरएसएफ बीच युद्ध सुरुभए यता त्यहाँ करिब ५ हजार बढिको मृत्यु भइसकेको जनाईएको छ । सेनाले नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकमा कब्जा जमाएका छन् । सुडानका ४ करोड ८० लाख जनसंख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो रहेको संयुक्त राष्ट्रसंघले आँकलन गरेको छ भने करिव ६० लाख व्यक्ति भोकमरीको चपेटामा परेको राष्ट्रसंघ तथ्यांक संकलन गरेको बताईन्छ । युद्धका कारण करिब ३८ लाख व्यक्ति आन्तरिक रूपमा विस्थापित भएका छन...