अपराध Archives - Page 2 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
अपराध, समाचार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ

माघ १९, मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट चार जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिकै रहेको एक होटलबाट भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जनाए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाईएको र उनिहरुको नियन्त्रणमा रहेका दुई जना महिलाको उद्धार गरेको प्रहरीको भनाई छ । ...
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार
अपराध, समाचार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार

माघ १८ नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते माघ १८, लागु औषध कारोबारीलाई पक्रन प्रहरीले पश्चिम नवलपरासीमा ४ राउण्ड गोली प्रहार गरेको छ । नवलपरासीको नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरमा लुकाई छिपाई राखिएको लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गर्नूपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । लोनियाले ब्यवसायिक कारोबारका लागि लागूऔषध लुकाईराखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रणमा लिन प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ । छर्राबाट ...
सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ
अपराध, समाचार

सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ

पाैष १० मोरङ, रङ्गेली – कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी २३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा कटहरी–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन्। प्रारम्भिक अनुसन्धानमा तीन जनाको समूहले महिलालाई सिटी सफारीमा अपहरण गरी बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ।...
कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ
अपराध, समाचार

कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ

पाैष ६ लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ बुझिसकेकाे र बाँकि रकम थुनामुक्त भएपछि लिने सहमति गरेका थिए ।...
धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण
अपराध, समाचार

धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण

मंशिर १९ गत मंगलबार राति प्रहरीले धरानबाट गोली हानेर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ ।  धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली हानेर गाजा बरामद गरेको हो । धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए । प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाजा ओसारपसारमा संलग्न मध्ये १ जना पक्राउ परेका छन् भने अर्का एक फरारको खाेजि भैरहेकाे सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।  उनले गाजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताएका छन । एसपी तिम्सिनाले गाजा नियन्त्रण गरिएको विषयमा बुधबार दिउसो पत्रकार सम...
दुई केजी सुन सहित पक्राउ परेका ब्यक्ति भरिया मात्र
अपराध, समाचार

दुई केजी सुन सहित पक्राउ परेका ब्यक्ति भरिया मात्र

७ मंसिर बिहिबार रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुन बरामद गरिएको ब्यक्ति भरिया मात्र रहेको प्रहरीले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का ३४ वर्षीय कर्मा सोनाम लामालाई हिजो बिहीबार साँझ दुई केजी सुन सहित प्रहरीले पक्राउ गरेको थियो। थप अनुशन्धानका क्रममा उनि भरियामात्रै भएको पाईएको प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए । पक्राउ परेका लामाले चिनियाँ नागरिकले पठाएको सुन नाका कटाउने जिम्मा लिएको प्रहरीको भनाई छ । बिहिबार साँझ कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा लामालाई पक्राउ गरिएको थियो । उनको साथबाट प्रहरीले जुत्ताको सोलमा लुकाईएको दुई केजी सुन बरामद गरेको थियो ।...
मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो
अपराध, समाचार

मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो

प्रतिकात्मक तस्वीर मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो ६ मंसिर, मिटर ब्याज असुलेको आरोपमा नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराहीमा ब्यवसाय गर्दैआएका एक व्यवसायीको नाक काटिदिएका छन् । शनिवार बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न पुगेका धनबहादुर बस्नेतको नाक चक्कुले काटि दिएको प्रहरीले जनाएको छ । नाक काटिएर घाइते भएका बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका छन् । बस्नेतको नाक काटिदिने नेकपा बहुमतका कार्यकर्ता फरार रहेको र हाल उनिहरुको खोजीकार्य भैरहेको दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले बताए । नेकपा बहुमतका कार्यकर्ताहरुले यसअघि पनि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तमाथी हातपात गर्नूका साथै कालोमोसो दलिदिएको प्रहरकिो भनाई छ ।...
१४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला
अन्तर्राष्ट्रिय, अपराध, समाचार

१४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला

मंसिर ६, तस्बिरः एजेन्सी खानामा बिष हालेर १४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्यु दण्डको फैसला सुनाईएको अन्तराष्ट्रिय संचाल माध्यमहरुले जनाएका छन् । आफ्ना एक धनाड्य साथीलाई पेय पदार्थमा विष मिसाएर खुवाई हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अनुशन्धानको क्रममा ३६ वर्षकी सुन्दरी सररत रङ्गसिवुथापोनले अन्य १३ जनाको पनि हत्या गरेको पुष्टि भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाईएको जनाईएको छ । अनुशन्धानको शुरुआतमा आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको बयान दिएपनि पछि थप अनुशन्धानका क्रममा उक्त अपराध पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ । अनुसन्धान अघि बढाउँदै जाँदा अन्तत ति थाई महिलाले सन् २०१५ देखि यता १३ जनाको हत्या गरेको खुलासा भएको स्वीकार गरेकी थिईन् । प्रहरीका अनुसार सररतलाई जुवा र क्यासिनोको कुलत थियो र धनाड्य साथीसंग सम्बन्ध बढाई पैसा लिने र तिर्नुपर्ने साथ...
फोनबाट धम्क्याएर रकम माग्ने डाक्टर पक्राउ
अपराध, समाचार

फोनबाट धम्क्याएर रकम माग्ने डाक्टर पक्राउ

मंशिर ६ प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनले दाहालले काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्ने धम्कि दिई  ५० हजारदेखि दुई लाख रूपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा शङ्खमुलबाट पक्राउ गरिएको जानकारी दिए ।...
सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ
अपराध, समाचार

सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ

मंशिर ५ रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ सट्टेबाजी सन्चालन गर्दैआएको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा सञ्‍चालन गर्दैआएको गोप्य सुचनाको आधारमा छापा मार्दा उनिहरु पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका सबै १४ अजा नै भारतीय नागरिक रहेको प्रहरीको भनाई छ । सामाजिक सञ्‍जाल ह्वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी सञ्‍चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । राठौरका नुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७ जस्ता वेभसाइटहरूबाट सट्टेबाजी जुवा संचालनमा सक्रिय थिए । पक्राउ पर्नेमा भारत हरियाणा प्र...