अपराध Archives - Page 6 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

अपराध, समाज

मोरङमा नाबालक छोरा र आमा झुन्डिएको अवस्थामा मृत फेला

मोरङको रतुवामाईमा नाबालक छोरा र आमा आफ्नै घरभित्र झुण्डिएको अस्थामा मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे रतुवामाई नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।  जस्ता पाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।  घरबाहिर रहेका किसनले अपराह्न घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। छोरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।  घटनाका बारेमा थप अनुशन्धान भैरहेकाे प्रहरिले जनाएकाे छ ।...
हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा
अपराध, मुख्य समाचार

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए । भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए। हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यारा...
ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, अपराध

ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु

अमेरिकास्थीत ल्युइस्टन सहरमा गोलाबारी मा परि १६ जनाको मृत्यु भएको छ भने ५० बढि घाईते भएका छन् । गोलाबारी पछि पनि बन्धुकधारीहरु शहरका बिभिन्न स्थानमा घुमिरहेकाले शुरक्षित अवस्थामा रहन र सडक बाहिर नहिँड्न स्थानीय नागरिकहरुलाई प्रहरीले अनुरोध गरेको छ । गोलाबारि किन गरियो र कसले गर्याे भन्नेबारेमा थप अनुशन्धान अघि बढाई बन्धुकधारीहरुलाई नियन्त्रणमा लिने कार्य भैरहेकाले प्रहरीलाई सहयोग गर्न नागरिक समक्ष प्रहरी प्रशासनले अपिल समेत गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।...
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ
अपराध, समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ...
कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ
अपराध

कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ

कपिलवस्तु : प्रहरीले १ करोड ६३ लाख रुपैयाँ बराबरको रक्त चन्दनसहित ८ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको पिकअप गाडीमा राखेर ल्याइएको रक्त चन्दनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुवै गाडीमा ६ क्विन्टल ५३ किलो १ सय ५० ग्राम रक्त चन्दन लोड गरिएको थियो ।  प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-३ का ट्रक चालक टिकाराम पाण्डे, सहचालक २१ वर्षीय शिव भर र पिक अप गाडीका चालक अर्घाचांची पाणिनी गाउँपालिका-७ पोखे डाँडाका ३३ वर्षीय गोकुल दर्लामी, पिकअपमा सवार अर्घाखांची मालारानी गाउँपालिका -९ का ३८ वर्षीय निमबहादुर नेपाली रहेका छन् ।  यसैगरी कपिलवस्तु शिवराज नगरपालिका-३ मदवाका २९ वर्षीय विकास पौडेल, ३० वर्षीय शतिष पन्त, १९ वर्षीय राम सेवक चौधरी र ३४ वर्षीय दिपक कार्की पक्राउ परेको प्रहर...
आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित
अपराध, समाज

आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीबाट निष्कासित गरेको जानकारी गराएका छन् । गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो । अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो । स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकाङ्क्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियत पूर्वक अडियो–भिडियो रेकर्ड गरेर सार्वजनिक गरेको गुरुङम...
दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ
अपराध

दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ

दाेलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ परेका छन् । अस्ति बुधवार राति मात्रै दोलखाको सिङ्गटीबाट चार किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि आज फेरि थप तीन किलो सुन बरामद भएको हो । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको तीन किलो सुनसहित आज जामुनेमा केशर तामाङ पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जनाएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीकाे अनुमान छ । अहिलेसम्म तस्करले ल्याएको सात किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । सुन तस्करीको आरोपमा अहिलेसम्म पाँच जना एकै गाउँका पक्राउ परिसकेका छन् । ...
शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर
अपराध, मुख्य समाचार

शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो । शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । ...
उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना
अपराध, अर्थ/व्यापार

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो । विभागको संयुक्त बजार अनुगमनमा ती वस्तु फेला पारेपछि ठाउँका ठाउँ जरिवाना गरेको पोखरेलले बताए । उपभोक्तालाई म्याद सकिएको चामल बिक्री गरिनु कानुन विपरीत भएकाले कारबाही गरिएको विभागको स्पष्टोक्ति छ । जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ । ...
जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ
अपराध, समाचार

जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ

मलंगवा, सर्लाहीको रामनगर गाउँपालिकामा जलाउन घाटमा पुर्‍याएको एक महिलाको शवलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ। रामनगर गाउँपालिका वडा नं १ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा साहको शवलाई जलाउन घाटमा पुर्‍याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जलाउनका लागि खोलामा लगिसकेको अवस्थामा शवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना संकास्पद लागेपछि शवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए। मनिषाको श्रीमान सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिए। ‘घाँटीमा निलडाम जस्तो देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक सुबेदीले भने, ‘थप कुराहरु पोष्टमार्टम रिपोर्टमा थाहा हुन्छ।’ मनिषाको शव पोष्टमार्...