अपराध Archives - Page 5 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ
अपराध, समाचार

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले आज पक्राउ गरेकाे छ । विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि ती महिलाबाट शिशु चोरी भएकाे पाइएको प्रारम्भीक अनुशन्धानबाट देखिएकाे प्रहरीकाे भनाई छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको जनाएकाे छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो । नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि अनुशन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।...
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
अपराध, समाचार, समाज

दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।  उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।  उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेकाे समचार राताेपाटीमा प्रकाशित छ ।...
दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या  
अपराध, समाचार

दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या  

दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको ज्यान गएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गएराति गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हबलदार यमबहादुर झाँक्रीले गोली हानेका हुन् । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री हिजो घोराही आएर थापाको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हान्ने झाँक्रीलाई प्रहरीले राति नै पक्राउ गरेको छ । खबर श्राेत: उज्यालाे अनलाई...
गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )
अपराध, समाचार

गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )

संखुवासभा माघ १५ संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेकाे छ । आज उनलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे हाे । हत्या आराेपी राईले गते माघ ६ गते खाँदबारी नगरपालिका– ९ तुम्लिङटारका ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरि फरार रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। हत्या अभियाेगि राईलाई सुनसरिकाे धरानबाट पक्राउ गरिएकाे डिएसपि श्रेष्ठको भनाई छ । प्रहरीले हत्या अभियाेग लागेका राईसंङ्ग मृतकबाट लुटिएकाे सुन खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरि अनुशन्धान गरिरहेकाे जनाएकाे छ । यश अघि हत्या अभियाेगि राईले तुम्लिङटारमा ज्याला मजदुरिकाे काम गर्दै...
उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा
अपराध, समाचार

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

किक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो । बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ', सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो । अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण...
कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ । ...
हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय
अपराध, समाचार

हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय

दाङ — एक पुरुषलाई हनी ट्रयापमा पारि १८ लाख असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्षको कैद सजाय फैसला गरेको छ । घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई दाङ घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद र १०÷१० हजार जरिवाना गर्ने फैसला गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला अदालत दाङले जनाएको छ । ...
कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ 
अपराध, समाचार

कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ 

धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस चालकसहित चार जनालाई पक्राउ गरेको हो।  बस चालक, साहु र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। यसरी रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्‍धान गरिरहेको हो।  ढकालको शव कृष्णभिरस्थित त्रिशूली नदी किनार खोँचमा फेला परेको थियो। उनी स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। स्याङ्‍जाबाट काठमाडौं फर्कने क्रममा उक्त घटना भएको हो।  ...
भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी
अपराध, समाचार

भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी

नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सन्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्यूरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुनसक्ने जनाएको छ। भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्यूरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।...
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
अपराध, समाचार

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भु...