मुख्य समाचार Archives - Page 6 of 8 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

मुख्य समाचार

चिकित्सकमाथि हातपात  मणिपाल शिक्षण अस्पतालको सबै सेवा बन्द
मुख्य समाचार

चिकित्सकमाथि हातपात मणिपाल शिक्षण अस्पतालको सबै सेवा बन्द

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले अस्पतालका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र दोषीलाई जेल चलाउने सुनिश्चितता नभएसम्मका लागि सेवा बन्द गर्ने जनाएका हुन् । अस्पतालमा ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशाला लगायतका सेवा बन्द गरिएको पनि उनीहरुले जानकारी दिएका छन् । उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछी मृतकका आफन्तले सोमबार चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड समेत गरेका थिए । सोमबार दिनभर मणिपाल अस्पताल तनावग्रस्त रहेको थियो । ...
सरकारलाई काम गर्न निर्देशन दिन देउबालाई युवा नेता पौडेलको आग्रह
मुख्य समाचार

सरकारलाई काम गर्न निर्देशन दिन देउबालाई युवा नेता पौडेलको आग्रह

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा काँग्रेसको सरकार भएको कुनै आभाष नभएको भन्दै सभापति देउबा समक्ष तिव्र असन्तुष्टि ब्यक्त गरेका छन् । उनले सभापति देउवालाई सुझाव दिँदै वर्तमान प्रचण्ड सरकारमा काँगै्सको उपस्थीती नदेखिएको भन्दै आक्रोस पोखेका हुन् । आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले देशको आर्थिक अवस्था सन्तोषजनक नभएको र चारैतिर कार्यकर्ता र जनता रुष्ट हुँदै गएको भन्दै सरकार, नीजि क्षेत्र र आम नागरिकबीच काँगै्सले कुनै प्रभाव छाड्न नसकेको भन्दै वर्तमान प्रचण्ड सरकारलाई चलायमान बनाउन सभापतिले निर्देशन दिनुपर्ने धारणा राखेका  हुन् । । रेमिट्यान्स भित्रिएकोमा र विदेशी मुद्रा संचिति भएकोमा हामीले समस्या हल भएको भनेर बुझिरहेका छौं, उनले भने, त्यो होइन, बाह्य समस्या केही हदसम्म समाधान भएपनि भित्रि समस्या झन् झन् बढ्दै गएको छ। यसमा खु...
राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर)
मुख्य समाचार, समाचार

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर)

सोमबार राति हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमाले नेता सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको गत सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइँदैछ ।नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि हुँदैछ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज नेपाल सरकारले देसभर शोक बिदाको घोषणा समेत गरेको छ ।  ...
नेता नेम्वाङ्लाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा
मुख्य समाचार, समाचार

नेता नेम्वाङ्लाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष नेम्वाङको दुखद निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। हृदयघातका कारण सरकारले राजकीय सम्मानका साथ पार्थिब शरिरको अन्तेष्ठि गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए। मन्त्री किरातीका अनुसार सरकारले नेता नेम्वाङको पार्थिब शरिरको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री किराँतिको भनाई छ । २०७२ को संविधान निर्माण प्रक्रियामा नेता नेम्वाङले खेलेको महत्वपुर्ण भुमिकाप्रति सम्मान प्रकट गर्दै नेकपा एमाले र सरकारले समेत बिषेस सम्मानका साथ वहाँको अन्तेष्ठि गर्ने कार्यक्र...
इँटको जवाफ पत्थरले दिने होः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
मुख्य समाचार

इँटको जवाफ पत्थरले दिने होः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिने धारणा राखेका छन् । समाजबादि मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्ने क्रममा अव समाजबादी मोर्चा रक्षात्मक मात्र नभई ईंटको जवाफ पत्थरले दिनेतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका हुन् । एकपछि अर्काेगर्दै बिवादित अभिब्यक्ति दिँदैआएको आरोप लागेका प्रधानमन्त्री प्रचण्डले केहि दिन अघिको सार्वजनिक भाषणमा सडक संघर्ष मार्फत सरकारका बिरुद्धमा कामाण्डौका सडकमा जनसागर उराल्ने अभिब्यक्ति दिएका थिए । बिराटनगरको समाजबादि मोर्चाभेलालाई सम्बोधन गर्दे उनले भने ‘तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’ प्रचण्डले थपे ‘गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्...
एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता
खेलकुद, मुख्य समाचार

एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलार्इलाई तत्काल पदबाट बर्खास्त गर्न माग राख्दै एन्फामा आवद्ध ८६ मध्ये ४९ जना सदस्यले अध्यक्ष नेम्वाङ् र महासचिव राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फाले आज सोमबार जुम मिटिङ्ग मार्फत नै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय भएको थियो । तर अध्यक्ष र महासचिवका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ताभएसंगै आज सोमबारका लागि तोकिएको साधारणसभा समेत अनिश्चित बनेको छ । जम्मा सदस्य संख्याको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र सदस्य संख्याको दुई तिहाइले अविश्वासको प्रस्ताव पारित गर्नसक्ने बिधानत ब्यवस्था छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परिसकेको असन...
किमाथांका नाका संचालनका लागि चीन सरकार सकारात्मक छ: पराराष्ट्रमन्त्री साउद
मुख्य समाचार

किमाथांका नाका संचालनका लागि चीन सरकार सकारात्मक छ: पराराष्ट्रमन्त्री साउद

नेपाल सरकारका पराराष्ट्र मन्त्री नारायणप्रसाद एनपी साउदले किमाथांङ्का नाका संचालनका लागि चीन सरकार सकारात्मक रहेका बताएका छन् । । संखुवासभाको खाँदबारिस्थीत तुम्लिंङटार बिमानस्थल आईपुगेका परराष्ट्रमन्त्री साउदले उक्त कुरा बताएका हुन् । परराष्ट्रमन्त्रि साउदले आगामी सेप्टेम्बर २३ देखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा यस क्षेत्रको बिकासका लागि किमाथांका नाका संचालन, सडक निर्माण, बिद्युत ट्रान्समिसनलाईनको द्रुत निर्माण लगायतका अन्य गौरवका परियोजना निर्माणका लागि चीन सरकारलाई प्रस्ताव राखिने कार्यक्रम रहेको जानकारी दिए । भारतीय राजदुताबासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लीक क्याम्पस खाँदबारीको नवनिर्मित भवनको उद्घाटनका लागि भारितीय राजदुत नवीन श्रीवास्तवसंगै उद्घाटनमा सरिकहुने र नेपाली काँग्रेस संखुवासभाले पार्टि कार्यालय चाँदनीचोकमा आयोजना गरेको भेटघाट का...
नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा
अर्थ/व्यापार, मुख्य समाचार

नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नेपालको बाध्यता भएको बताएका छन् । मङ्गलवार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउबाले चीन र भारत स्थाई छिमेकी भएकाले दुवै देशसंग सन्तुलित सम्वन्ध राख्नसके मात्र नेपालको हितहुने धारणा राखेका हुन् । उनले नेपालको बिजुुलिको मुख्इ बजार भारत मात्र भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा मान्नुपर्ने बाध्यता रहेको खुलासा गरे । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नबिक्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यत्मक परिस्थीति रहेको देउबाको भनाई थियो । चीन र भारत दुवै महत्वपुर्ण छिमेकि हुन् । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । ची...
भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
अर्थ/व्यापार, मुख्य समाचार

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । भारतिय मन्त्रिपरिषदले आगामी १० बर्षभित्र नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको उनले बताए । ‘भारतीय मन्त्रिपरिषद्ले भारतिय सरकारले अब नेपालबाट बिजुली किन्ने र नेपालमा थप बिजुली उत्पादन गर्न प्रोजेक्टहरु कसरी थप गर्ने भन्ने बिषयमा अध्ययन अघि बढाईने बिषयमा गहन निर्णय भैसकेकाले यस बिषयमा थप गृहकार्य चाँडैनै शुरु गर्ने जनाएको राजदुत शर्माको भनाई छ । नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट महंङ्गोमा बिजुली किनिरहेको छ। गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० व...
मुस्ताङमा विदेशीसहित ८० जना सेनाका लागि एड्भान्स शैन्य अभ्यास तालिम शुरु
मुख्य समाचार

मुस्ताङमा विदेशीसहित ८० जना सेनाका लागि एड्भान्स शैन्य अभ्यास तालिम शुरु

पर्वतीय क्षेत्रमा हुनसक्ने घटना र मानवीय उद्धार, पर्वतीय दुर्घटना तथा उद्धार अभ्यास तालिम शुरु गरिएकोछ । उक्त तालिममा विदेशीसहित ८० जना सैनिक सहभागि छन् । उनिहरुलाई एक महिने संयुक्त एडभान्स तालिम दिन थालिएको जनाईएको छ । उक्त तालिममा अमेरिका, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र दक्षिण अफ्रिकाका सेनाहरु सहभागि रहेका छन् । हिमाली क्षेत्रको वातावरणीय अनुभव आदानप्रदान लगायतका विषयमा नेपाली सेनाले मुस्ताङको जोमसोम र कैसाङ क्याम्प क्षेत्रमा सैन्य अभ्यास तालिम सञ्चालन गर्दै आइरहेको छ। यसैको निरन्तरता स्वरूप भदौको दोस्रो हप्तादेखि बहुराष्ट्रिय सेना सम्मिलित सिजन ४६ को सैन्य एडभान्स अभ्यास तालिम शुरु गरिएको नेपाली सेनाका सैन्य प्रवत्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले १० जना विदेशी सेना र ७० जना नेपाली सेना सैन्य एडभान्स तालिममा सहभागि भैरहेको बताए । सहभागि मध्ये ७ जना महिला र ७४ जना पु...