लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था
लुम्बिनीको भावी गुरुयोजनाविपरीत अमेरिकी संस्था राडरिक यासे इन्कले भूमिगत बंकर निर्माण गरेको भन्दै बिबाद उत्पन्न भएको छ । सन् २०१३ मा युनिभर्सल पिस सेन्चुरीका नामबाट राडरिक यासे इन्क नामक संस्थाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको शान्तिवार्ताका लागि सुबिधा सम्पन्न बैठक÷ सम्मेलनस्थल बनाउने अभियानस्वरूप धर्मगुरु साल्पा रिम्बोचेले पुर्वाधार निर्माण अभियान सुरु गरेको थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको संरचनाको हालसम्म ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । तर, उक्त राडरिक यासे इन्क नामक संस्थाले विभिन्न सरकारका पालामा थप दुईवटा प्लट लिई भूमिगत बंकर नै निर्माण गर्न थालेपछि बिवाद सतहमा आएको स्थानीयको भनाई छ ।
लुम्बिनी शान्तिभुमीमा लुम्बिनी विकास कोषले उपलब्ध गराएको जग्गामा भूमिगत बंकर निर्माण गरिएपछि युनिभर्सल पिस सेन्चुरीका धर्मगुरु साल्पा अहिल...









