राजनीति Archives - Page 10 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

आममाफीको दुरूपयोग रोक्न रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव
राजनीति

आममाफीको दुरूपयोग रोक्न रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै रोक्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संकल्प प्रस्ताव दर्ता गरेको छ। गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको भनी अदालतले दोषी करार गरेर सजाय तोकेका व्यक्तिको कैद सरकारी पहुँचका आधारमा राष्ट्रपतिमार्फत् मिनाह गर्नेक्रम डरलाग्दो गरी बढिहेको रास्वपाले बताएको छ। मंगलबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको हो।असल मनसायले प्रबन्ध गरिएको कानूनको गलत प्रयोग गरेर सरकारले विगतदेखि नै कानूनी राज्यको खिल्ली उडाइरहेको छ र संवैधानिक बाध्यताको आवरणमा राष्ट्रपतिको समेत त्यसमा समर्थन रहँदै आएको छ,' रास्वपा सचेतक निशा डाँगीले भनिन्, 'विगतदेखिको यो गलत अभ्यास दलीय स्वार्थकै कारण भविष्यसम्म पनि जारी रहने सम्भावना रहेकाले सदनमा यसबारे छलफल गरियोस् भनेर यो...
नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी
राजनीति

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्।  सोमबार  राति अबेर सम्पन्न मतगणनाको अन्तिम  परिणाम अनुसार  खतिवडाले  ५१२ मत पाएका छन्।  विनोद  ढकालले ४३० मत  प्राप्त गर्दा ३५ मत बदर भएको थियो।  पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो। २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए। जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उनीहरूबीच प्रदेश अध्यक्षमा 'रिम्याच' भएको थियो।  त्यसबेला ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो। यसपटक भने ओली र उनको समूहको साथ खतिवडालाई थियो। ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व...
एमाले कोशी अधिवेशनमा रातभर मतदान, आज मतगणना
राजनीति

एमाले कोशी अधिवेशनमा रातभर मतदान, आज मतगणना

नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए । आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् । प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् । अधिवेशन...
एमालेको कोशी अधिवेशनमा ५ बजे देखि मतदान शुरुहुने
राजनीति

एमालेको कोशी अधिवेशनमा ५ बजे देखि मतदान शुरुहुने

नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । २१५ सदस्यीय प्रदेश नेतृत्व छनोटका लागि ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।...
एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने
राजनीति

एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने

आज झापाको काँकडभिट्टास्थित मेची नदीबाट अभियान सुरु हुने एकीकृत समाजवादीले बताएको छ। अभियान २९ गते सुर्खेत पुगेर सभा समापन हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।  एक हजार किलोमिटरको यो हाम्रो यात्रा हो। यात्राको क्रममा ७५ वटा साना ठूला सभा हुने छन्। आज मेची पुलमा उद्घाटन सभा हुने छ, त्यसपछि दमक हुँदै विराटचोक पुग्नेछौं। आज हामी इटहरी पुगेर बास बस्छौं,’ प्रवक्ता खतिवडाले भने। मेची पुलमा हुने सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ। उनका अनुसार अभियानमा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्म कार्यक्रम छन्। ...
कर्णाली एमाले अधिवेशन : शाही र सिंहले लिए उम्मेद्वारी फिर्ता
राजनीति

कर्णाली एमाले अधिवेशन : शाही र सिंहले लिए उम्मेद्वारी फिर्ता

विरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार कालिकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। कालिकोटका शाही पूर्वमन्त्री र दैलेखका शाही पूर्व प्रदेश सभाका सभामुख हुन्।  उनीहरुले प्रदेश कमिटी अध्यक्षका उम्मेद्वार मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको एमाले एक केन्द्रीय सदस्यले बताए। अब अध्यक्ष पदको लागि कालिकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह गरी तीन जना उम्मेद्वार निर्वाचनको तयारीमा छन्।  यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि दैलेखका रुद्र र सुर्खेतका धुव्रबीच प्रतिस्पर्धा हुने भएको हो।  ...
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी
राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ । शुक्रबार अबेर सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो । ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो । यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनु भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो । ...
राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी
राजनीति

राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरु गर्ने गरी जिम्मेवारी तोकिएको छ यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ । ...
एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार
राजनीति

एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार (आज) विराटनगरमा सुरु हुँदैछ। संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। हालसम्म  पार्टी केन्द्रले तोकेको नेतृत्वले प्रदेश पार्टी सञ्चालन गरिरहेको एमालेमा अधिवेशनले उत्साह सञ्चार गरेको कार्यकर्ताहरु बताउँछन। कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि  १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ। हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको  पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन। स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर...
एमाले बागमती प्रदेशको मतदान आज हुँदै
राजनीति

एमाले बागमती प्रदेशको मतदान आज हुँदै

नेकपा (एमा) ले बागमती प्रदेश कमिटीको मतदान शुक्रबार हुँदैछ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ । ...