आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
कोशीका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन् । अहिले प्रदेश सभामा सदस्यहरुले आफ्ना मन्यब्य राखिरहेका छन् ।
गएको असोज २० मा स्थगित भएको प्रदेशसभाको बैठक अहिले चलिरहेको छ ।
आजको बैठक केहिबेरमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा हस्ताक्षर पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८, ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख...








