राजनीति Archives - Page 5 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा
अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा

श्रावण २१ प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । ‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् । उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् । जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।...
पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्

श्रावण २१ बंगलादेशको राजधानी ढाकामा बढ्दो हिंस्रक तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजिनामा बुझाएर अन्य देशमा पुगेको बिबिसिले जनाएको छ । त्यहाँ भैरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिएर हेलिकप्टर मार्फत भारततर्फ गएको बीबीसीले उल्लेख गरेको । बंगलादेशमा प्रदर्शनका क्रममा हजारौं नागरिकले प्रधानमन्त्रीको निवासमा प्रवेश गरि तहल्का मच्याएकाले शुरक्षाका लागि भारत प्रस्थान गरेको उल्लेख गर्दै बिबिसिले प्रधानमन्त्री हसिनाले भिडियो सन्देश जारी गर्न खोजे पनि त्यो संभव नभएको बताएको छ । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारेमा छलफल शुरु गरेको बताईएको छ । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेना, प्रहरी लगायत त्यहाँका शुर...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो
राजनीति, समाचार

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो

श्रावण १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टिबाट राज्यमन्त्रीमा अरुण चौधरी नियुक्त भए उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।...
पूर्वसांसदलाई राज्यले सुविधा दिनुपर्ने माग
राजनीति, समाचार

पूर्वसांसदलाई राज्यले सुविधा दिनुपर्ने माग

श्रावण ११ पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो । पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् । ...
माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने
राजनीति, समाचार

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने

श्रावण ११ कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी प्रदेस सरकारबाट अलग्गिएको छ । शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले बताए उनले चाँडै नै माओवादी केन्द्रको संसदीय दलको बैठक डाकेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईने बताए । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा ३ जना मन्त्री र एक जना राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।...
विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं
राजनीति, समाचार, समाज

विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं

श्रावण ११ विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले उचित क्षतिपुर्तिकाे ब्यवस्था नगरे शव नबुझ्ने अडान राखेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुले अडान राखेका हुन् । गत बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । ‘ बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने मृतकका आफन्तकाे अडान छ । बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भईसकेकाे छ ।...
कोशी प्रदेश सरकार छाड्दै माओवादी
राजनीति, समाचार

कोशी प्रदेश सरकार छाड्दै माओवादी

श्रावण ११ नेकपा माओबादी केन्द्र आज कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । गएको असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सरकारमा गठबन्धन गर्ने सहमति भएपछि एमालेको नेतृत्वमा माओबादी सहित बनेको कोशी सरकारबाट माओबादी बाहिरिन लागेकोजनाईएको छ । केन्द्रिय तालमेल अनुशार नै प्रदेशमा पनि सरकार निर्माण हुने निश्चित भैसकेकाले माओबादी सरकारबाट बाहिरिन लागेको माओवादी केन्द्रले जनाएको छ।   कोशी प्रदेश सरकारमा माओवादीबाट स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री  गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर मन्त्रीमा नियुक्त भएका थिए । यस्तै माओबादीबाट पर्यटनमा बन्दना झागर राज्यमन्त्री रहेका थिए ।...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

श्रावण ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै तैयारी गरेका छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागि डाकिएको छ । संबिधानत दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाको बिश्वासको मत लिनुपर्ने संबिधानमा ब्यवस्था छ । केपि शर्मा ओली नेपाली कांग्रेसको निर्णायक समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत प्राप्त गर्नूपर्नेछ उनिसंग अहिले दुई तिहाँई सदस्यको बहुमत देखिएको छ । वर्तमान समिकरण अनुशार कांग्रेस ८८०, एमाले ७९, जसपा ७ र लोसपाको ४ सदस्यको मत आउने देखिएको छ । आज प्रधानमन्त्रीले लिनलागेको बिश्वासको मतको बिपक्षमा रहेका जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि केपी ओलिलाई प्रधानमन्त्रीमा समर्थन...
उपसभामुख रानाविरुद्ध  राज्य व्यवस्था समितिमा उजुरी
राजनीति

उपसभामुख रानाविरुद्ध  राज्य व्यवस्था समितिमा उजुरी

श्रावण ५ पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा राना बिरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि गहन छानबिन गरी जिम्मेवारीबाट हटाउन समेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी दिईएकाे बताए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएपछि अहिले याे बिषयले राजनिति तातिएकाे छ । रानाले  अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र पठाएकाे आराेप छ ।  उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित षडयन्त्र गरिएकाे बताईन् । आराेपकाे प्रतिबाद गर्दै उपसभामुख रानाले  आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि अनावश...
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
राजनीति, समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

असार ३१ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गाेपनियता शपथ लिने कार्यक्रम छ । यसको लागि आज बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् । दुई दलबीच एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय  पाउने गरी सहमति बनेको बताईएकाे छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने तयारी छ । कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्ने र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने निश्चितजस्तै भएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी पाउने बताईन्छ। एमालेले अर्थ, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य...