राजनीति Archives - Page 6 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री बन्ने
राजनीति, समाचार

एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री बन्ने

असार ३० एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाकाे विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । प्रचण्डले बिश्वासकाे मत पाउन नसकेपछि नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रिमा  नियुक्त हुने निश्चित भएकाे हाे । ओ लीले शुक्रबार नै  १६६ सांसदसहित आफ्नाे दाबी  प्रस्तुत गरिसकेका छन् । दाबी पेस गर्ने समय भने आज साँझ ५ बजेसम्मलाई ताेकिएकाे छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । नवनियुक्त प्रधानमन्त्रि केपि शर्मा ओ लीले भाेली साेमबार  शपथ लिने कार्यक्रम छ । यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने काँग्रेस समर्थनकाे सरकारको नेतृत्व गर्ने निश्चित भएकाे छ ।...
भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना
राजनीति, समाचार

भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना

असार २७ नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनले भोलि ९शुक्रबार० नै नेकपा माओबादीका अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई बिदाई दिँदै नयाँ सरकार गठनको तयारी शुरु गरेका छन्। भोली असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने तैयारी गरेपनि बिश्वासको मत नपाउने सुनिश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओली भोलि नै प्रधानमन्त्रीमा नियुक्त हुनेमा काँग्रेस एमाले गठबन्धन ढुक्क रहेको छ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक डाकि प्रधानमन्त्री दाहालले आफुले विश्वासको मत लिने कार्यक्रम तय भएको श्रोतको बुझाई छ । प्रधानमन्त्री दाहालको पक्षमा अहिले माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाबाहेक अन्य सांसदको समर्थन रहने देखिँदैन । किन कि कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समा...
रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै

असार २५ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल साधारण सदस्य मात्रै रहने भएका छन् । रास्वपाको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै कायम राख्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य मात्रै कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको जानकारी दिए । यता रास्वपा नेता ढकालले भने आफु रवी लामिछानेको क्लवबाट मात्रै निश्कासित भएको प्रतिकृया दिएका छन् ।...
विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु
राजनीति, समाचार

विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु

२४ असार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेको दुई दिन नबित्दै मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत शुरु भएको छ । मन्त्रालय बाँडफाँडका बिषयमा लुछाचुँडी हुँदा जनमत नेतृत्वमा बनेको सरकार ढाल्न खेल शुरु भएको बताईएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाललाई सरकारमा सहभागी गराउने सहमति गरिएको थियो । कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको तर जनमतले विश्वासको मत प्राप्त गरिसकेपछि मुख्यमन्त्रीले सहमति पालना नगरेको आरोप लगाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागि हुन छाडेर नयाँ सरकारको किचलोमा लागेका हुन् । जनमतबाट आफुहरुलाई ठुलो धोका भएको भन्दै काँग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी शुरु...
राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए
राजनीति, समाचार

राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए

असार २० राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु अन्तत त्यसै फकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवी लामिछाने बिच २ घण्टाको लामो छलफलपछि राजिनामा बुझाउन बालुवाटार पुगेका रास्वपा नेताहरु राजिनामा नबुझाई फर्किएको जनाईएको छ । एमालेका मन्त्रीहरुको राजिनामा पछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने ढृणता राखेकाले प्रधानमन्त्री दाहालको आग्रह अनुशार रास्वपाका मन्त्रीहरु राजिनामा नदिई फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री समक्ष राजिनामा बुझाउन बालुवाटार गएका थिए ।...
रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै
राजनीति, समाचार

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । ...
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्वि त गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले सभापति रवी लामिछानेको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ । निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारवाही गरेको गुनासो गरेका छन् ।...
प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा
राजनीति

प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा

असार १९ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई पदत्यागका लागि आजको समय दिने निर्णय गरेकोमा दाहालले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिने निर्णय प्रधानमन्त्री दाहाललाई आजै औपचारिक रुपमा जानकारी गराउने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । समर्थन फिर्ताको निर्णयसँगै एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि प्रधानमन्त्री दाहालको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालसंग राजीनामा गर्ने वा ३० दिनभित्र पुनः प्रतिनिधिसभामा विश्वासको मत परीक्षण गर्ने विकल्प बाँकी रहने छ ।...
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी
राजनीति

माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी

असार १८ नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ । श्राेत:उज्यालाे अनलाईन ...
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति
राजनीति, समाचार

नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति

असार १८ नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार दिनभरको दोडधुपछि मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ । त्यस्तै सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिने र प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै दिने सहमति भएको छ । यसैगरि निर्व...