नयाँ पार्टी जन्माउँदै राजेन्द्र महतो
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी जन्माउने गृहकार्य शुरु गरेका छन्।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच पार्टिगत बिबाद चुलिए पछि महतो बैकल्पिक पार्टि निर्माणमा जुटेको श्रोतको भनाई छ ।
कारण केही दिन अघि ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महतोले ठाकुरको एकल निर्णय भन्दै बहिस्कार गरेका थिए। दोश्रो बरियताका रुपमा रहेका महतोले आफुमाथि अन्याय भएको भन्दै नयाँ पार्टि निर्माणको अन्तिम तैयारीमा लागेको आफ्ना नजिकका नेताकार्यकर्ता माझ खुलासा गरेका छन् । पार्टि निर्माणको शिलशिलामा महतोले सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लाका लोसपाका कार्यकर्ताहरूसँग भेटघाटमा ब्यस्त थिए । उनि अहिले मधेसका विभिन्न जिल्लाको भ्रमण सम्पन्न गरि बुधवार राति काठमाडौं हानिएका छन् ।
२०७८ भदौमा गठन भएको लोसपा ५ वर्षसम्म टु...







