नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन
भाद्र २३
नदी किनारका दुवैतर्फ गरि ४० मिटर छाडेरमात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा ब्यापक प्रदर्शन गरिएको छ।
सर्वोच्च अदालतले नदीको मापदण्ड पहिले २० मिटर रहेकोमा अहिले ४० मिटर पुर्याईएको भन्दै उक्त निर्णया खारेजीको माग राख्दै काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको हो।
मापदण्ड खारेजीको माग गर्दै गोकर्णेश्वर नगरपालिकाका स्थानीयले जोरपाटीमा प्रदर्शन गरेका छन्। उनीहरुले उक्त फैसला तत्काल खारेज गर्न माग राखेका हुन् । उनिहरुले गैरन्यायीक सडक मापदण्ड खारेज गर, जनतालाई घरबारविहीन बनाउन पाइँदैन, सार्वजनिक जग्गा र खोला अतिक्रमणकारीलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानरहरु सहित प्रदर्शन गरेका छन् ।
केहि दिन अघि सर्वोच्च अदालतले गरेको आदेशलाई टेकेर काठमाडौं महानगरपालिकाले थप २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने व्यवस्था गरेको छ।
सर्वोच्चले निज...









