कीर्तिपुरका मेयरको निधनको शोकमा आईतबार काठमाण्डौ उपत्यकाका पालिकाहरुमा शोक बिदा
श्रावण १२
किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको शोकमा भोलि आइतवार काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायहरुमा सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका सबै पालिका र माताहतका कार्यालयहरुमा शोक बिदाको घोष्णा गरेको हो ।
लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा निधन भएको हो ।
फोरमका अध्यक्ष चीरबाबु महर्जनले निकाल्नुभएको विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाण्डौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरिएको छ ।
विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
उनको बिहिबार निधन भएको थि...







