अर्थ/व्यापार Archives - Page 10 of 12 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

अर्थ/व्यापार

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
अर्थ/व्यापार

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब

खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभ...
सिटिजन लाइफको सेयर किनबेच आजबाट
अर्थ/व्यापार

सिटिजन लाइफको सेयर किनबेच आजबाट

सेयर बजारमा आइतबारदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार  हुने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ। कम्पनीले प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो। ...
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो
अर्थ/व्यापार

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो

सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो ।  निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा...
सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
अर्थ/व्यापार

सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो।  जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।  त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ। आइपिओमा न्यूनतम १...
उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना
अपराध, अर्थ/व्यापार

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो । विभागको संयुक्त बजार अनुगमनमा ती वस्तु फेला पारेपछि ठाउँका ठाउँ जरिवाना गरेको पोखरेलले बताए । उपभोक्तालाई म्याद सकिएको चामल बिक्री गरिनु कानुन विपरीत भएकाले कारबाही गरिएको विभागको स्पष्टोक्ति छ । जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ । ...
राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने
अर्थ/व्यापार

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ। दसैंतिहार सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए। सामान्य अवस्थामा गत वर्षसम्म दसैँ–तिहारमा दैनिक ४० किलोसम्म सुनको माग हुने भएपनि यसपालि भने माग बढ्न नसकेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्। ‘१० केजीको सीमा त निकै न्युन थियो तर अहिलेको बजराको माग भने त्यही पनि छैन’ शाक्‍यले भने। सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति खिइँदै गइरहेको समयमा सुन ...
प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह
अर्थ/व्यापार

प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह

नेपालमा एक सय भारतीय रुपैयाँ भारु भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने नियम लगाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै नेपालमा एक सय दरभन्दा ठूला दरका भारतिय नोट नराख्न, ओसारपसार र अन्य कुनै कारोबार नगर्न सार्वजनिक सुचना मार्फत सर्वसाधारणलाई जानकारी गराईएको जनाएको छ । प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको मात्रै कारोबार गर्न पनि राष्ट्र बैंकले सबैसमक्ष सुचनामार्फत आग्रह गरेको छ । भारतबाट नेपाल ओहोरदोहोर गर्दा अमेरिकी डलर पाँच हजार बराबरको भारु एक सय वा त्यो भन्दा कम दरका नोट मात्र कारोबार गर्न सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले सुचनामा उल्लेख गरेको छ । भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्ल...
सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो
अर्थ/व्यापार

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । यसैरि आज चाँदीको भाउमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि ब्यवसायि महासंघको भनाई छ ।...
मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
अर्थ/व्यापार

मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६२ हजार ११७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  बाँडफाँटपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ।  यसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।  उक्त आइपिओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकोमा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र बाँडफाँटको लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।  कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लाग...
घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै
अर्थ/व्यापार

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ । गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ ...