अर्थ/व्यापार Archives - Page 4 of 12 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

अर्थ/व्यापार

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
अर्थ/व्यापार, समाचार

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

मंशिर ११ सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । हिजोकाे मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेकोमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन् । यअसघि श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यकाे जिम्मेवारिमा थिए । ...
राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे
अर्थ/व्यापार, समाचार

राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे

 मंसिर ८, १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट बिजुली थप गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादन भएकाे १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकाेमा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण कार्य सकिएकाे छ । १०२ मेगावाटको मध्यभोटेकोशी भने सिन्धुपाल्चोकमा निर्माणकाे क्रममा छ ।...
चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली

मंसिर ७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण घुम्नका लागि नभई देस र जनताको हितका लागि भएको बताएका छन् । आज दरबार मार्गमा भएको एमाले जागर सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कसैसंग ऋण लिनुपर्ने अवस्था नभएको समेत बताए । ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा पुर्णतया केन्द्रित हुने धारणा राखेका थिए । चिनसंगको बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको पक्षबिपक्षको बिबादका बीच प्रधानमन्त्री ओलीले नेपालले कसैसँग ऋण लिने अवस्था नरहेको बताउँदै नेपालले आफ्नो उत्पादन वृद्धिमा जोड दिने निति लिएको अभिब्यक्ति दिएका छन् ।...
सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित
अर्थ/व्यापार, समाचार

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

मंसिर ७ आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढि आयकर बुझाएको भन्दै सिजी मोटर्सलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा पारेर आज शुक्रबार आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सिजीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरले व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका ब्यवसायिहरु मध्येबाट आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरेको जनाएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्मान पत्र बुझेका थिए । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गरेको बताउँदै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा चौधरी ग्रुपले थप योगदान बढाउने प्रतिवद्धता जनाएका थिए ।...
कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

संखुवासभा मंशिर ३ कर प्रणालीको सार , लगानीको आधार भन्ने मुल नाराका साथ मंशिर १ देखि ७ गते सम्म सरकारले घोषणा गरेको कर सप्ताहको तेश्रो दिन सोमबार करदाता सेवा कार्यालय संखुवासभाले खाँदबारीमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रमको आयोजना गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यको म्रमुख आतिथ्यता रहेको थियो । बिभिन्न संघसंस्था कार्यालय र उद्योगि ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यले कर डरले हैन रहरले तिर्न करदाताहरुलाई आग्रह गर्नूभएको थियो । आफुले गरेको कारोबारको राम्ररी हिसाव किताव, बिल बिजक नराख्दा ब्यवसायीहरु मारमा पर्ने गरेको वहाँको भनाई थियो । कर राज्य संचालनको प्रमुख आधार भएकाले करको दायरा फराकिल...
संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)
अर्थ/व्यापार, समाचार

संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)

संखुवासभा मंशिर १ कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ शुरु भएको १३ औ्र कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सेवा कार्यालय संखुवासभाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । सरकारले आज मंशिर १ देखि ७ गते सम्मलाई कर सप्ताहका रुपमा मनाउने घोषणा गरेको छ । आज संखुवासभाको खाँदबारी स्थीत पोखरी बजारबाट प्रभातफेरी शुरु गरि नगरका बिभिन्न स्थानको परिक्रमा सहित शुभकामना समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय उद्योगि ब्यवसायी , बिभिन्न कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको शुभकामना समारोहको अध्यक्षता करदाता सेवा कार्यालयका संखुवासभाका कार्यालय प्रमुख योगेश भट्टराईले गर्नूभएको थियो भने कार्यक्रमको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बिनोद खड्का रहनुभ...
सुनको भाउमा भारि गिरावट
अर्थ/व्यापार, समाचार

सुनको भाउमा भारि गिरावट

कात्तिक २२, केहि दिनदेखि निरन्तर बृद्धि हुँदै आएको सुनको भाउमा आज भारि गिरावट आएको छ । बिहिबार एकैदिन सुनको भाउ तोलामा चार हजारले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज चार हजारको गिरावट आई एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घको ्भनाई छ । गत कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य पुग्दा तोलाको रु एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको थियो ।...
सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

कात्तिक २ सुनको भाउ आज एकैदिन दुई हजारले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको छ । यो अहिले सम्मकै सुनको उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो र अस्ति पनि सुनको भाउले नयाँ कीर्तीमानी कायम गरेको थियो । यस्तै आज चाँदीको भाउमा पनि प्रतितोला रु ३० को बृद्धि आएको छ । आज चाँदि तोलाको एक हजार नौ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायि महासंघले जनाएको छ ।...
जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का
अर्थ/व्यापार, समाचार

जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का

संखुवासभा भाद्र २५ उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलश्रोतमा संखुवासभालिको पहुँच बढाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने वताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले अपर अरुणमा जिल्लावासिलाई प्रतिपरिवार ५ लाखको शेयर उपलब्ध गराउने सम्वन्धमा आफुले सक्दो प्रयास गर्ने बताएका हुन् । उनले शेयर हाल्न नसक्ने परिवारकालागि सरकारका तर्फबाट सहुलियतमा ऋण वा श्रममा कन्भर्ट हुने गरि शेयर दिलाउने ब्यवस्था मिलाउन लागि पर्ने धारणा राखे । यसै बिच डेडिकेटेड तथा ट्रंकलाइन विवादको सम्वन्धमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै यो बिषय अव चाँडै टुङ्गिने अवस्थामा पुगको जनाए । उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिकै समस्या भएको र यो विषयमा संसदको लेखा समितिमा छ...
संखुवासभाको समग्र बिकासका लागि समर्पित छु ः उर्जा मन्त्री खड्का
अर्थ/व्यापार, समाचार

संखुवासभाको समग्र बिकासका लागि समर्पित छु ः उर्जा मन्त्री खड्का

संखुवासभा भाद्र २४ उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको समग्र बिकासका लागि आफु संधै समर्पित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । ५ हजार मेगावाट बढि बिद्युत उत्पादनको संभावना रहेको संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलबिद्युत उत्पादनको क्षेत्रमा जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रमा संखुवासभाको जलश्रोतले बलियो टेवा पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । जलश्रोतको उपयोग र सहि सदुपयोगबाट मात्रै मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने र बिजुली निर्यात नै नेपालको अर्थतन्त्रको सबैभन्दा दिगो र बिश्वासिलो आधार भएकोमा जोड दिनुभएको थियो । मन्त्री खड्काले जनताको आसा अपेक्षा पुरा गर्न गणतन्त्र, लोकतन्त्र र राजनितिक स्थाईत्वका लागि ठुला दल बिच सहकार्य भएको खुलासा गरेका थिए । कार्यबाहक सभापति अनन्त कुमार गौलीको सभापतित्वमा खाँदबारी नगरपालिकाको सभाहलमा भएको स्...