संखुवासभाको समग्र बिकासका लागि समर्पित छु ः उर्जा मन्त्री खड्का
संखुवासभा भाद्र २४
उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको समग्र बिकासका लागि आफु संधै समर्पित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
५ हजार मेगावाट बढि बिद्युत उत्पादनको संभावना रहेको संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलबिद्युत उत्पादनको क्षेत्रमा जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रमा संखुवासभाको जलश्रोतले बलियो टेवा पुर्याउने बिश्वास ब्यक्त गरेका थिए ।
जलश्रोतको उपयोग र सहि सदुपयोगबाट मात्रै मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने र बिजुली निर्यात नै नेपालको अर्थतन्त्रको सबैभन्दा दिगो र बिश्वासिलो आधार भएकोमा जोड दिनुभएको थियो ।
मन्त्री खड्काले जनताको आसा अपेक्षा पुरा गर्न गणतन्त्र, लोकतन्त्र र राजनितिक स्थाईत्वका लागि ठुला दल बिच सहकार्य भएको खुलासा गरेका थिए ।
कार्यबाहक सभापति अनन्त कुमार गौलीको सभापतित्वमा खाँदबारी नगरपालिकाको सभाहलमा भएको स्...









