राजनीति Archives - Page 4 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन
अपराध, राजनीति, समाचार

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन

असाेज ९ गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।...
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
राजनीति, समाचार

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

असाेज ६ विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।...
नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न
राजनीति, समाचार

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो । बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो । राईले यो बर्ष 'पार्टी सुदृढिकरणको बर्ष' रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आब्ह्वान गर्नुभयो । 'पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुस' राईले भन्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले आफुहरुले प्रद...
मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्
राजनीति, समाचार

मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्

भाद्र ११ राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाललाई पार्टिको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टिको आन्तरिक गोपनियतामा खलल पुर्याएको आरोपमा ढकाललाई यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन निश्कासन नगर्ने भन्दै दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । डाक्टर ढकालले दिएको जवाफ पार्टिलाई चित्तनबुझेको भन्दै उनलाई गत असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उनले कुनै पुनरावेदन गरेका थिएनन् । उनले उल्टै आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए । ढकालले दिएको निवेदनमा आयोगले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकाय...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति, समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

भाद्र ९ सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो । यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने नियम तत्कालका लागि कार्यान्वयन नगर्न भनेको छ । यसअघि असार ३० गते न्यायाधीश विनोद शर्माको इजलासले यसबारे कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २८ गते अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले सर्वोच्च अदालतमा यस सम्वन्धमा रिट दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिनलगायत अन्य सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भीड बढेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्...
मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त 
राजनीति, समाचार

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त 

श्रावण २९ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । १२ मन्त्री र ८ राज्यमन्त्री गरि २० जनाको जम्बु मन्त्री मण्डल बनाएको भन्दै तिब्र आलोचना भएको र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । मधेशमा नेकपा एमालेका तीन, नेपाली कांग्रेस र जनमतका दुई र दुई जना र लोसपाका एक राज्यमन्त्री नियुक्त गरिएको थियो । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री यथावत छन् । प्रदेश सरकारप्रति जनतामा तिब्र बितृष्णा रहेको अवस्थामा ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै बिरोध जनाएका थिए ।...
विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

श्रावण २६ एजेन्सी आन्दोलनकारीले सबोच्च अदालतको घेराउ गर्दे हिंसात्मक आन्दोलन शुरु गरेपनि बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले प्रधानन्यायधीशले राजीनामा दिएका छन् । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आज बिहानैदेखि हज्जारौंको सङ्ख्यामा सहभागि आन्दोलनकारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै नाराबाजी सहित हिंसात्मक गतिबिधी गरेका थिए । आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामाको माग अघि सारेका छन्। प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा नै काम गरिरहेको त्यहाँ आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन् । बङ्गलादेशमा नोबेल प...
बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना
राजनीति, समाचार

बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना

श्रावण २५ ३० औं बिश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाले आदिबासी जनजातिको हक अधिकारका सवालमा बिचार गोष्ठीको आयोजना गरेको छ । राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाती एकता भन्ने मुल नाराका साथ दीवस मनाईएको हो । लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका सभापति बरुण गुरुङ्गको सभापतित्वमा खाँदबारीमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौली नेपाली काँग्रेसका नेता बिभिन्न भात्री तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिबासी जनजातिहरुको हक अधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताउनुभएको थियो । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्था...
विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश
राजनीति, समाचार

विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश

  साउन २४ सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो । श्राेत:उज्यालाे अनलाईन...
बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ

श्रावण २२ तसवीर : एजेन्सी बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक आन्दोलनका क्रममा अहिलेसम्म चार सय बढिलाई पक्राउ गरिएको छ । यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको जानकारी दिएका थिए । हिंसक प्रदशर्नका क्रममा दोहोरो झडपमा परि कैयौँ प्रहरी अधिकारीहरु समेत घाईते भएको बिबिसिले जनाएको छ । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान जानेगरि आक्रमण भएपछि बेलायतमा हिंस्रक प्रदर्शन शुरु भएको थियो । प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक बिच ठाउँ ठाउँमा भडप भएको थियो । प्रदर्शनकारीहरूले केहिदिन यता आप्रवासी मुस्लिमलाई केन्द्रत गरि आक्रमण बढाईरहेका छन् । उनिहरुले मस्जिदमा प्रवेश गरि त्यहाँरहेका ब्यक्ती र भवन संरचनामा ठुलो क्षति पुर्याएको बताईएको छ । यो घटनालाई लिएर प्रधानमन्त्री ...