समाचार Archives - Page 23 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित
अर्थ/व्यापार, समाचार

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

मंसिर ७ आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढि आयकर बुझाएको भन्दै सिजी मोटर्सलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा पारेर आज शुक्रबार आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सिजीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरले व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका ब्यवसायिहरु मध्येबाट आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरेको जनाएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्मान पत्र बुझेका थिए । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गरेको बताउँदै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा चौधरी ग्रुपले थप योगदान बढाउने प्रतिवद्धता जनाएका थिए ।...
पाकिस्तानमा गुडिरहेका गाडीमा साम्प्रदायिकआक्रमण हुँदा ४२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानमा गुडिरहेका गाडीमा साम्प्रदायिकआक्रमण हुँदा ४२ जनाको मृत्यु

फाईल फोटो मंशिर ७ पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ४२ जनाको मृत्यु भएको छ । साम्प्रदायिक झडपमा बन्दुकधारीका तर्फबाट भएको उक्त आक्रमण परि अन्य १६ जना गम्भीर घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुई सय जना यात्रु बोकेर अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गुडिरहेको गाडीमा बन्दुकधारिहरुले अन्धाधुन्द आक्रमण गरेको बताईएको छ । सिमानाको बिवादलाई लिएर यो क्षेत्रमा दशर्काै देखि सुन्नि र शिया मुश्लिम समुह बिच भिडन्त हुँदै आएको छ । हिजो बिहिबार पनि यहि क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ३२ जनाले ज्यान गुमाएका थिए । पाकिस्तानमा सामुदायिक हिंसामा परि बर्षेनी सैयौंको संख्यामा ज्यान गुम्ने गरेको छ ।...
जुत्ताकाे साेलमा लुकाईएकाे दुई केजि सुन बरामद
समाचार

जुत्ताकाे साेलमा लुकाईएकाे दुई केजि सुन बरामद

मंशिर ७ रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई केजी सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका छन् । बिहीबार साँझ कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएर बाेकेकाे अवस्थामा सुन बरामद गरिएकाे र  लामाकाे थप अनुशन्धान जारि रहेकाे प्रहरिले जनाएकाे छ । ...
युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय, समाचार

युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी

मंशिर ७ अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युद्ध अपराध गरेकाे आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले उल्लेख गरेकाे छ । आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने आधारहरु उल्लेख गरेका छन् । तर इजरायल र हमास दुवैले उक्त आरोप अस्वीकार गरिरहेका छन् । ...
मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो
अपराध, समाचार

मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो

प्रतिकात्मक तस्वीर मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो ६ मंसिर, मिटर ब्याज असुलेको आरोपमा नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराहीमा ब्यवसाय गर्दैआएका एक व्यवसायीको नाक काटिदिएका छन् । शनिवार बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न पुगेका धनबहादुर बस्नेतको नाक चक्कुले काटि दिएको प्रहरीले जनाएको छ । नाक काटिएर घाइते भएका बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका छन् । बस्नेतको नाक काटिदिने नेकपा बहुमतका कार्यकर्ता फरार रहेको र हाल उनिहरुको खोजीकार्य भैरहेको दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले बताए । नेकपा बहुमतका कार्यकर्ताहरुले यसअघि पनि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तमाथी हातपात गर्नूका साथै कालोमोसो दलिदिएको प्रहरकिो भनाई छ ।...
१४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला
अन्तर्राष्ट्रिय, अपराध, समाचार

१४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला

मंसिर ६, तस्बिरः एजेन्सी खानामा बिष हालेर १४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्यु दण्डको फैसला सुनाईएको अन्तराष्ट्रिय संचाल माध्यमहरुले जनाएका छन् । आफ्ना एक धनाड्य साथीलाई पेय पदार्थमा विष मिसाएर खुवाई हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अनुशन्धानको क्रममा ३६ वर्षकी सुन्दरी सररत रङ्गसिवुथापोनले अन्य १३ जनाको पनि हत्या गरेको पुष्टि भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाईएको जनाईएको छ । अनुशन्धानको शुरुआतमा आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको बयान दिएपनि पछि थप अनुशन्धानका क्रममा उक्त अपराध पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ । अनुसन्धान अघि बढाउँदै जाँदा अन्तत ति थाई महिलाले सन् २०१५ देखि यता १३ जनाको हत्या गरेको खुलासा भएको स्वीकार गरेकी थिईन् । प्रहरीका अनुसार सररतलाई जुवा र क्यासिनोको कुलत थियो र धनाड्य साथीसंग सम्बन्ध बढाई पैसा लिने र तिर्नुपर्ने साथ...
फोनबाट धम्क्याएर रकम माग्ने डाक्टर पक्राउ
अपराध, समाचार

फोनबाट धम्क्याएर रकम माग्ने डाक्टर पक्राउ

मंशिर ६ प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनले दाहालले काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्ने धम्कि दिई  ५० हजारदेखि दुई लाख रूपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा शङ्खमुलबाट पक्राउ गरिएको जानकारी दिए ।...
भिजिट भिसामा खाडी र युरोप जानेमाथि कडाई
समाचार

भिजिट भिसामा खाडी र युरोप जानेमाथि कडाई

मंशिर ६ रोजगारीका लागि विदेश जानेहरु भिजिट भिसामा जाने क्रम बढेको भन्दै सरकारले फेरि कडाइ गर्न शुरु गरेकाे छ । गत साता कुवेत उड्न लागेका २२ महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकैपटक घर फर्काइदिएको थियाे । १० माघ २०८० मा सरकारले विभिन्न कागजात र मापदण्ड तोक्दै भिजिट भिसामा जानेहरुका लागि खुकुलो व्यवस्था गरे पनि त्यसकाे, एक वर्ष नबित्दै फेरि कडाइ गर्न थालेकाे हाे । खाडी मुलुक, क्रोएसिया र युरोपेली देश जान हिँडेका नेपाली महिलाहरु विमानस्थलबाट धेरै फर्काइएका छन् । ...
बालकुमारीमा आगलागी : जुम्बा डान्स सेन्टर फार्मेसी र पसल नष्ट
समाचार

बालकुमारीमा आगलागी : जुम्बा डान्स सेन्टर फार्मेसी र पसल नष्ट

मंशिर ६ ललितपुरस्थित बालकुमारीकाे एक घरमा आगलागी हुँदा जुम्बा डान्स सेन्टर, फार्मेसी र पसलहरुमा क्षति पुगेको छ । गएराति स्थानिय स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर  आगलागी भएको जनाईएकाे छ । आगलागीमा कुनै मानविय क्षति नभएपनि घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ भने श्रेष्ठको घरसँगैको एउटा पान पसल र मःम पसल पनि जलेर नष्ट भएको ललितपुर प्रहरिले जनाएकाे छ । काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिईएकाे थियाे उक्त आगलागिमा भएकाे क्षतिकाे विवरण भने संकलनकाे क्रममा छ ।...
सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ
अपराध, समाचार

सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ

मंशिर ५ रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ सट्टेबाजी सन्चालन गर्दैआएको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा सञ्‍चालन गर्दैआएको गोप्य सुचनाको आधारमा छापा मार्दा उनिहरु पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका सबै १४ अजा नै भारतीय नागरिक रहेको प्रहरीको भनाई छ । सामाजिक सञ्‍जाल ह्वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी सञ्‍चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । राठौरका नुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७ जस्ता वेभसाइटहरूबाट सट्टेबाजी जुवा संचालनमा सक्रिय थिए । पक्राउ पर्नेमा भारत हरियाणा प्र...