समाचार Archives - Page 28 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता
शिक्षा, समाचार

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता

संखुवासभाकाे खाँदबारीमा ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरु बिच " बालमैत्री स्थानीय शासनमा बालबालिकाको भुमिका" बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । माट्स नेपालको आयोजना तथा खाँदबारी नगरपालिकाको प्रायोजनमा आयाेजित कार्यक्रम संस्थाका अध्यक्ष नवीन दाहालको सभापतित्व तथा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । खाँदबारी नगरपालिका भित्रका नाैं वटा बाल क्लबको सहभागिता रहेको उक्त प्रतियोगितामा हिमालय बाल क्ल्ब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम,द्वितीय र तृतीयलाई क्रमशः तीन हजार , दुई हजार पाँच सय र दुई हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियोे । सोही कार्यक्रममा खाँदबारीका युव...
जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने
समाचार, समाज

जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने

भाद्र २८ खाँदबारी नगरपालिका भित्र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने भवनको सम्झौता गरिएको छ । यसबर्ष खाँदबारी नगरपालिका वडा नं. १ र ४ र ११ बाहेक अन्य वडामा निर्माण गरिन लागेको १३ वटा भवनको सम्झौता सम्पन्न भएको खाँदबारी नगरपालिकाले जनाएको छ । बुधबार खाँदबारी नगरपालिकाको कार्यालयमा नगरभित्रका १३ जना ब्यक्तिसँग जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि संम्झौता गरिएको नगरपालिकाका मेयर महेश थपलियाका स्वकिय सचिव गोकुल खनालले जानकारी दिए । नगरभित्रका दलित र विपन्न समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि शहरी बिकास धनकुटाबाट प्राप्त योजना बिभिन्न चरणमा छनौट प्रकृया पुरा गरि लाभग्राही छनौट गरिएको उनले बताए । खाँदबारी नगरपालिका वडा नं. १,४ र ११ बाहेक २,३,५,६,७,९, र १० मा एक एक वटा र वडा नं. ८ मा ६ वट भवनहरु निर्माण गरिने जानकारी दिए । जनता आवास कार्यक्रम अन्तर्...
सम्माननीय प्रधानन्यायाधीशद्वारा संखुवासभा अदालतको भवन उदघाटन गरिने
समाचार

सम्माननीय प्रधानन्यायाधीशद्वारा संखुवासभा अदालतको भवन उदघाटन गरिने

फाईल फोटो भाद्र २७ चैनपुरस्थीत संखुवासभा जिल्ला अदालतको नवनिर्मित भवनको एक समारोहका बिच उद्घाटन गरिने भएको छ । आगामी भाद्र ३० गते सर्बाेच्च अदालतका प्रधानन्यायाधिस बिश्वंभर प्रसाद श्रेष्ठबाट नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको संखुवासभा जिल्ला अदालतका श्रेष्तेदार भरतमणि पोखरेलले जानकारी दिए ।...
भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन वडाको आग्रह
समाचार, स्वास्थ्य

भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन वडाको आग्रह

संखुवासभा भाद्र २७ संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ६ ले निशुल्क जग्गा उपलब्ध गराउन स्थानीय बासिन्दा समक्ष आग्रह गरेको छ । सहरी स्वास्थ्य ईकाईं केन्द्र भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २५ लाख बिनियोजन भएकाले उक्त रकमबाट भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउन सार्वजनिक सुचना जारी गरिएको खाँदबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जून तामाङ्गले जानकारी दिए । उनले शहरी स्वास्थ्य ईकाई केन्द्र भवन निर्माणका लागी कम्तिमा ३ देखि ५ रोपनी जग्गा तत्काल आवश्यक भएकाले स्थानीय बासिन्दा समक्ष निशुल्क जग्गा उपलब्ध गराउन सात दिने सुचना जारी गरिएको बताए । जग्गा निशुल्क उपलब्ध गराउन चाहने जग्गादाताले जग्गाधनी लालपुर्जाको प्रतिलिपी, आर्थिक बर्ष २०८०÷८१ को सम्पती कर तिरेको रसिद सहित वडा कार्यालयमा निवेदन दिन समेत आग्रह गरेका छन् ।...
लाखौं रुपयाँ ठगिको आरोपमा कलाकार ईकु पक्राउ
अन्तर्राष्ट्रिय, अपराध, समाचार

लाखौं रुपयाँ ठगिको आरोपमा कलाकार ईकु पक्राउ

भाद्र २७ हास्य कलाकार सुलेमान शंकर अर्थात ईकु भनिने सूर्यमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार भिषामा युरोप पठाउने भन्दै सर्बसाधारणबाट लाखौँ रुपैयाँ असुलि गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेको पुष्टि गरेको छ । नेपाली सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाई क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको सीआईबीले जनाएको छ ।...
जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का
अर्थ/व्यापार, समाचार

जलश्रोतमा जिल्लाबासिको सहभागिता बढाउन पहल गर्छूः उर्जामन्त्री खड्का

संखुवासभा भाद्र २५ उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलश्रोतमा संखुवासभालिको पहुँच बढाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने वताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले अपर अरुणमा जिल्लावासिलाई प्रतिपरिवार ५ लाखको शेयर उपलब्ध गराउने सम्वन्धमा आफुले सक्दो प्रयास गर्ने बताएका हुन् । उनले शेयर हाल्न नसक्ने परिवारकालागि सरकारका तर्फबाट सहुलियतमा ऋण वा श्रममा कन्भर्ट हुने गरि शेयर दिलाउने ब्यवस्था मिलाउन लागि पर्ने धारणा राखे । यसै बिच डेडिकेटेड तथा ट्रंकलाइन विवादको सम्वन्धमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै यो बिषय अव चाँडै टुङ्गिने अवस्थामा पुगको जनाए । उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिकै समस्या भएको र यो विषयमा संसदको लेखा समितिमा छ...
संखुवासभाको समग्र बिकासका लागि समर्पित छु ः उर्जा मन्त्री खड्का
अर्थ/व्यापार, समाचार

संखुवासभाको समग्र बिकासका लागि समर्पित छु ः उर्जा मन्त्री खड्का

संखुवासभा भाद्र २४ उर्जा जलश्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले संखुवासभाको समग्र बिकासका लागि आफु संधै समर्पित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । ५ हजार मेगावाट बढि बिद्युत उत्पादनको संभावना रहेको संखुवासभाको संबृद्धिको मुल आधार नै जलश्रोत भएकाले जलबिद्युत उत्पादनको क्षेत्रमा जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रमा संखुवासभाको जलश्रोतले बलियो टेवा पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । जलश्रोतको उपयोग र सहि सदुपयोगबाट मात्रै मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने र बिजुली निर्यात नै नेपालको अर्थतन्त्रको सबैभन्दा दिगो र बिश्वासिलो आधार भएकोमा जोड दिनुभएको थियो । मन्त्री खड्काले जनताको आसा अपेक्षा पुरा गर्न गणतन्त्र, लोकतन्त्र र राजनितिक स्थाईत्वका लागि ठुला दल बिच सहकार्य भएको खुलासा गरेका थिए । कार्यबाहक सभापति अनन्त कुमार गौलीको सभापतित्वमा खाँदबारी नगरपालिकाको सभाहलमा भएको स्...
नेपालमा आत्महत्याको दर भयावह एकै वर्षमा ७ हजार २ सय २३ जनाले गुमाए ज्यान
समाचार, स्वास्थ्य

नेपालमा आत्महत्याको दर भयावह एकै वर्षमा ७ हजार २ सय २३ जनाले गुमाए ज्यान

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरे भाद्र २४ नेपालमा गएको आर्थिक बर्षमा आत्महत्याको दर भयावह अवस्थामा देखिएको छ । नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेको तथ्यांङ्कले देखाएको छ । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा काठमाण्डौमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्याको उक्त भयावह विवरण सार्वजनिक गरेको हो । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा हरेक दिन औसतमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । आत्महत्याको कारणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत रहेका देखिएको छ । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेको उनको भनाई थियो । ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौं भन्ने नारासहित’ आ...
अबदेखि सरकारी कार्यालयको खाजा समय आधा घण्टा मात्र
समाचार

अबदेखि सरकारी कार्यालयको खाजा समय आधा घण्टा मात्र

भाद्र २४ सेवाग्राहिलाई असर परेको भन्दै सरकारले अवदेखि सरकारी कार्यालयको खाजा खाने समय आधा घण्टा मात्र तोकिदिएको छ । यसअघि सेवाग्राहिको सेवामा अनवरत खट्नुपर्ने कर्मचारी खाजा खाने समय भएको भन्दै १ घण्टा बढि हराउने गर्दा सेवाग्राहिको काम लामो समय रोकिएको गुनासाहरु आउने गरेको थियो । उक्त समस्याका बारेमा ब्यापक गुनासो आएको भन्दै यसलाई अवदेखि ३० मिनेट मात्र खाजाखाने समय तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चलाउँदै आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक दिन आधा घण्टा अर्थात १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका छन् । कुनै सरकारी कार्यालय वा कर्मचारीले उक्त नियम लागु नगरे हेल्लो सरकारमा कल गर्न समेत ओलीले अनुरोध गरेका छन् ।...
यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
अन्तर्राष्ट्रिय, समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

भाद्र २३ यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन । नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जना...