थामे बाढी : १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति, १ जना बेपत्ता, ७ घर जोखिममा
भानुभक्त निरौलासंचकर्मी (सोलुखुम्बु)
थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ भने एक जना स्थानीय बेपत्ता भएका छन् ।
ती घरहरु कोही पुररिएर र केही बगाएर क्षतिग्रस्त भएका हुन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटल सहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि द्वारिका प्रसाद घिमिरेले बताए । डिएसपि घिमिरेका अनुसार स्थानीय एक जना बाढीमा परि बेपत्ता भएका छन् । दिउसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन ।
घटना स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको प्रजिअ देवि खत्री पाण्डेले जानकारी दिईन ।
थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबक्त...








