दुई करोड नौं लाखमा निर्मित महिला आवासगृह तथा पुनरस्थापना केन्द्रको भवन हस्तान्तरण
संखुवासभा चैत्र ८
कृष्णराज शाक्य
क्यानेडियन र अमेरिकन दाताहरुबाट प्राप्त दुई करोड नौं लाखमा निर्माण सम्पन्न महिला आवासगृह तथा पुनरस्थापना केन्द्रको भवन एक बृहत कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय प्रमुख सुमन शाक्यको सभापतित्व तथा कोशी प्रदेशका माननीय सामाजिक बिकास मन्त्रि पाँचकर्ण राईज्युको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि सदरमुकाम नजिकै खाँदबारी ८ मा निर्माण गरिएको महिला आवासगृह तथा पुनरस्थापना केन्द्र सेफ हाउसको निर्माण सम्पन्न भवन सामुदायिक बिकास केन्द्र सोडेकले जिल्ला समन्वय समिति संखुवासभालाई हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय समितिको स्वामित्यमा रहेको जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न सेफ हाउस भवन हस्तान्तरण कार्यक्रममा अमेरीका र क्यानडाका दात्रृ निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लाका पाँच नगरपालिकाका प्रमुख तथा उपप्रमुख, पाँचै गाउँपालिकाका अध्यक्ष...









