आगलागि पिडितलाई राहत बितरण
संखुवासभा माघ ४
संखुवासभाको सभापोखरी ६ मा बुधबार भएको आगलागि पिडितहरुलाई राहत बितरण गरिएको छ । बिहिबार जिल्ला बिपद ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि, अलैंची ब्यवसायी महासंघ र बितरक संघ संखुवासभाले आगलिागि पिडित पाँच घरधुरीका चार परिवारलाई नगद र राहत सामग्री बितरण गरेको हो ।
जिल्ला बिपद ब्यवस्थापन समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले डत ३ परिवारलाई प्रति परिवार रु १५ हजार र ५ जनाभन्दा बढि सदस्य संख्या भएका एक परिवारलाई नगद रु २० हजार बितरण गरेका थिए । त्यसैगरि नेपाल रेडक्रस सोसाईटि संखुवासभाका कोषाध्यक्ष सल्यान नेपालीले रेडक्रसका तर्फबाट त्रिपाल, कम्बल, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री बितरण गरेका थिए ।
त्यसैगरि बितरक संघ संखुवासभाको तर्फबाट प्रतिनिधी सुबास कालाखेतिले सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, उपप्रमुख लक्ष्मी चापागाईं, नेपाल पत्रकार महास...









