समाज Archives - Page 4 of 10 - साझाकुरा
शुक्रबार, असार १२, २०८३

समाज

संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्
शिक्षा, समाचार, समाज

संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्

असाेज ८ संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना नाना र छाना अभियान उद्घाटन् तथा शुभकामना आदानप्रदान कार्यकमकाे आयाेजना गरिएकाे छ । मकालु त्रिसक्ति समूह माट्स नेपालकाे आयाेजनामा कार्यकमकाे शुभारम्भ गरिएकाे हाे । माट्स नेपालका उपाध्यक्ष मुकेस मुदेलकाे सभापतित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यकममा भैरवी दल गुल्मका मुकुन्द न्याैपाने, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, शिक्षा बिकास समन्वय अधिकारी गाेपालमान भण्डारी, जिल्ला समन्वय अधिकारी शुक्रादेवी राई लगायतले बालबालिकाकाे हित प्रवर्धन र संरक्षणका लागि सबै सराेकारवालाहरुकाे हातेमालाे आवश्यक भएकाे धारणा राखेका थिए । कार्यक्रममा बालबालिका खाेजतलास काेशी प्रदेस समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले काेशी प्रदेसमा बाल गृहकाे अवस्था र बालगृह संचालनका लागि विभिन्न ठाउँमा स...
जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने
समाचार, समाज

जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने

भाद्र २८ खाँदबारी नगरपालिका भित्र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने भवनको सम्झौता गरिएको छ । यसबर्ष खाँदबारी नगरपालिका वडा नं. १ र ४ र ११ बाहेक अन्य वडामा निर्माण गरिन लागेको १३ वटा भवनको सम्झौता सम्पन्न भएको खाँदबारी नगरपालिकाले जनाएको छ । बुधबार खाँदबारी नगरपालिकाको कार्यालयमा नगरभित्रका १३ जना ब्यक्तिसँग जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि संम्झौता गरिएको नगरपालिकाका मेयर महेश थपलियाका स्वकिय सचिव गोकुल खनालले जानकारी दिए । नगरभित्रका दलित र विपन्न समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि शहरी बिकास धनकुटाबाट प्राप्त योजना बिभिन्न चरणमा छनौट प्रकृया पुरा गरि लाभग्राही छनौट गरिएको उनले बताए । खाँदबारी नगरपालिका वडा नं. १,४ र ११ बाहेक २,३,५,६,७,९, र १० मा एक एक वटा र वडा नं. ८ मा ६ वट भवनहरु निर्माण गरिने जानकारी दिए । जनता आवास कार्यक्रम अन्तर्...
नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन
समाचार, समाज

नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

भाद्र २३ नदी किनारका दुवैतर्फ गरि ४० मिटर छाडेरमात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा ब्यापक प्रदर्शन गरिएको छ। सर्वोच्च अदालतले नदीको मापदण्ड पहिले २० मिटर रहेकोमा अहिले ४० मिटर पुर्याईएको भन्दै उक्त निर्णया खारेजीको माग राख्दै काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको हो। मापदण्ड खारेजीको माग गर्दै गोकर्णेश्वर नगरपालिकाका स्थानीयले जोरपाटीमा प्रदर्शन गरेका छन्। उनीहरुले उक्त फैसला तत्काल खारेज गर्न माग राखेका हुन् । उनिहरुले गैरन्यायीक सडक मापदण्ड खारेज गर, जनतालाई घरबारविहीन बनाउन पाइँदैन, सार्वजनिक जग्गा र खोला अतिक्रमणकारीलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानरहरु सहित प्रदर्शन गरेका छन् । केहि दिन अघि ​सर्वोच्च अदालतले गरेको आदेशलाई टेकेर काठमाडौं महानगरपालिकाले थप २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने व्यवस्था गरेको छ। सर्वोच्चले निज...
प्रकाश तामाङ्गलाई घरमै नागरिकता
समाचार, समाज

प्रकाश तामाङ्गलाई घरमै नागरिकता

प्रकाशलाई नागरिकता प्रदानगर्दै ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारी बिद्या चापागाईंको टिमले संचालन गर्ने हेर्ने कथाका गत अंकमा प्रसारित हराएका बर्षहरुका प्रमुख पात्र प्रकास तामाङ्गलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ । गोरखाको दुर्गम क्षेत्र चुम भ्याल्लिमा करिव ३५ बर्षदेखि चौंरि गोठाला रहेका उनका बारेमा हेर्ने कथाले मार्मिक स्टोरी प्रसारण गरेको थियो । आज उनको घर षडानन्द नगरपालिका १० थाक्ले पुगेर प्रकाश तामाङ्ग बर्ष ४१ को नागरिकता प्रदान गरिएको ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारीले खाँदबारी एफएमलाई जानकारी दिनुभयो । आज उनलाई नागरिकता प्रदान गर्न षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं लगायतका टोलि प्रकास तामाङ्गको घरैमा पुगेका थिए । हेर्नेकथाका पात्र उनको कथा प्रसारण भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई नागरिकता दि...
आज कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरि मनाइँदै
समाचार, समाज

आज कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरि मनाइँदै

भाद्र १० आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ । आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ । कंसको कालकोठरीमा व...
भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने
समाचार, समाज

भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने

भाेजपुर भाद्र ७ शाारदा बाेम्जन भोजपुरको ऐतिहासिक टक्सार बजारको संस्कार, संस्कृति संरक्षणका लागि यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ । यहि भाद्र १० र ११ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको हो । ♠ मेलाका लागि बिभिन्न समिति गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिनु भयो । उहाले मेलामा सांस्कृतिक कार्यक्रम, लाखे नाच, कृष्ण भजन, मनोरञ्जनात्मक खेलहरु पिङ, नेवारी खाजाका परिकारहरु राखिने बताउनु भयो । भोजपुर नगरपालिका–१२ को आयोजनामा हुने दुईदिने मेलाको तयारी थालिएको छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र सम्बर्धन सहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अव...
सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान
समाचार, समाज

सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान

भदाै १ संखुवासभा । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल सभापोखरीले श्रमदान अभियान संचालन गरेको छ । शनिबार सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोडिने ‘लाइफलाइन’ को रुपमा रहेको पुलको रंगरोगन र सरसफाई गरेको हो । सभापोखरी गाउँपालिका–१ र खाँदबारी नगरपालिका–७ को बीचको पांठामा रहेको पक्की पुल करिब ८/१० बर्ष अगाडी नै निर्माण सम्पन्न भएपनि संरक्षण नहुदाँ दिनानुदिन जीर्ण बन्र्दै गइरहेको थियो । सोही पक्की पुलको रंगरोगन गरिनुका साथै पुलदेखि केही माथिको भाग सम्म सडकको दायाँबायाँ जारजंगल सरसफाई गर्ने, नाली सरसफाई लगायतको कामहरु श्रमदानको रुपमा गरिएको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए । उनले गाउँपालिकाले रंग लगायत चाहिने सामग्रीहरु उपलब्ध गराएको र रंग लगाउने, सडक सरसफाई गर्ने लगायतको कामहरु युवाहरुले स्वतस्फूर्त रुपमा गरेको बताए । ‘पालिकासँग स्रोत निश...
आज नागपञ्चमी पर्व मनाइँदै
समाचार, समाज

आज नागपञ्चमी पर्व मनाइँदै

श्रावण २५ हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाण्डौका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस...
नेपाल महिलासघं सङ्खुवासभाद्वारा स्थापना दीवसका अवसरमा बाल कल्याण गृहलाई सहयोग
समाचार, समाज

नेपाल महिलासघं सङ्खुवासभाद्वारा स्थापना दीवसका अवसरमा बाल कल्याण गृहलाई सहयोग

श्रावण २४ नेपाल महिला संघ  संखुवासभाले आफ्नो ७७ औं स्थापना दीवसका अवसरमा माट्स नेपालद्वारा सञ्चालित बाल कल्याण गृहलाई खाद्य सामग्री उपलब्ध गराएको छ । नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेत सहितको महिला संघमा आवद्ध टोलीले बालबालिकाको क्षेत्रमा कृयाशिल माट्स नेपाललाई सहयाग गरेकोमा माट्स नेपालका अध्यक्ष नवीन दाहालले धन्यबाद प्रकट गरेका थिए । माट्स नेपालले सहारा बिहिन् बालबालीकाको शिक्षा र भरणपोषणका लागि लामो समयदेखि योगदान पुर्याउँदै आएको छ ।...
मिस नेपालको उपाधि आश्मा केसीलाई
समाचार, समाज

मिस नेपालको उपाधि आश्मा केसीलाई

श्रावण २० मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्मा कुमारी केसीले पहिरिएकी छिन् । उनले शनिबार सम्पन्न ग्राण्ड फाईनलमा मिस नेपाल वर्ल्ड २०२४ को उपाधि हात परेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेशलन २०२४ काे उपाधी करुणा रावतले जितेकी छिन् ।