अन्तर्राष्ट्रिय Archives - Page 8 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यक बाहेक ड्राइभिङ्ग नगर्न सूचना
अन्तर्राष्ट्रिय

यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यक बाहेक ड्राइभिङ्ग नगर्न सूचना

दुबई,वैशाख २० युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ । नारायणी अनलाईन ...
युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो । उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो । रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ । श्राेत:उज्यालाे अनलाईन...
इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा
अन्तर्राष्ट्रिय

इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ । पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उहाँले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सारेका छन् । ५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुनुहुन्छ । उहाँ खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग ९पीएमएल–एन० को उम्मेदवारको रूपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश भएका थिए । गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढि सिटमा जितेका छन् । यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा ...
पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा

पाकिस्तानी पूर्व–प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको विशेष अदालतले मङ्गलवार उनलाई सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि खान सरहै १० वर्षको जेल सजाय सुनाइएको त्यहाँको अदालतले फैसला गरेको छ । पुर्व प्रम खान र मन्त्री कुरैशीमाथि पाकिस्तानको अति गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको थियो। ...
चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु

एजेन्सी । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सख्या ३१ पुगेको बीबीसीले जनाएको छ ।...
भिजिट भिसामा छ बुँदे नयाँ नियम लागु
अन्तर्राष्ट्रिय, समाचार

भिजिट भिसामा छ बुँदे नयाँ नियम लागु

सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरिएको घोषणा गरेको छ । विदेश लग्नेबाट ठगिन र गैरकानूनी ढंगले लुकेर काम गर्ने अवस्था अन्त्यका लागि अध्यागमन विभागले बुधवारबाटै लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नयाँ नियम लागू गरेको अध्यागमन बिभागले जनाएको छ । भिजिट भिसामा जानेहरु एजेण्टबाट नलुटिउन र विदेशमा लुकेर नबसोस भन्ने उदेश्यले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जनाए । भिजिट भिसामा भ्रमण गर्नैहरुसंग ६ महिनाको अवधि रहेको पासपोर्ट हुनुपर्नेछ । त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो भने त्यसको खर्चको विवरण उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ । सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अ...
म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा
अन्तर्राष्ट्रिय, समाचार

म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा

सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले जनाएका छन्। म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ। गत नोभेम्बरमा अराकान आर्मी (एए)ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र ६ वटा सैन्य अखडा कब्जा गरेको बताएको थियो। आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कुल २ सय ७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन्।’ उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएको उनले बताए। ‘आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ’, उनले भने।  अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक ...
थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्षको जेल सजाय

राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो । उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले विभिन्न राजनीतिक मुद्दाहरु लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए ।   आलोचकहरूले यो सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् । यसअघि सन् २०२१ मा एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई यो सजायले तोडेको खबरमा उल्लेख छ । उज्यालाे अनलाईनमा खबर छ । ...
कर्मचारी हड्तालका कारण आईफिल टावर सेवा बन्द
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार

कर्मचारी हड्तालका कारण आईफिल टावर सेवा बन्द

विश्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थल मानिएको फ्रान्सस्थित आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि टावर सेवा बन्द भएको छ । आईफिल टावर अवलोकनका लागि अग्रिम टिकट काटेका लाखौं पर्यटकहरु अनिश्चतकालका लागि अवलोकन अवरूद्ध गरिएकोमा आक्रोशित बनेका छन् । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापनले आफुहरुलाई अन्याय गरेकाले कर्मचारीहरु हड्तालमा उत्रनु परेको त्यहाँका श्रमिक महासङ्घ –सीजीटी) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । टावर ब्यवस्थापन समितिले भने अग्रिम टिकट काटि अवलोकनको पर्खाईमा रहेका आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवरुद्ध गरिएको जानकारी गराएका छन् । फ्रान्सको पेरिसस्थीत प्रशिद्ध आइफिल टावर अवलोकनका लागि ब...
चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । ...