अर्थ/व्यापार Archives - Page 8 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

शेयर बजारमा ३५ अंकको बृद्धि
अर्थ/व्यापार

शेयर बजारमा ३५ अंकको बृद्धि

शेयर बजार आज लगातार सातौँ दिन बुधवार पनि दोहोरो अङ्कले बृद्धि भएको छ । नेप्से आज ३५ दशमलव ३९ अङ्कले बृद्धि हुँदै दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुग्न सफल भएको छ । बुधबार आज होटल र पर्यटनबाहेक अन्य सम्पुर्ण समूहको शेयर बृद्धि भएको छ भने लगानी समूहको शेयरमा उच्च बुद्धि आएको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेको छ । समग्रमा बजारमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज सबैभन्दा बढि कुमारी दीघार्यु बचत योजनाको शेयरमा झन्डै चार प्रतिशतको गिरावट आएको छ । शेयर कारोबार रकमले आज एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ । पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ ल...
पाशुपत क्षेत्रमा मासु तथा जाँड रक्सी बिकृ तथा सेवनमा प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

पाशुपत क्षेत्रमा मासु तथा जाँड रक्सी बिकृ तथा सेवनमा प्रतिबन्ध

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ । बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । ...
अर्थ/व्यापार
आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडले मलेसियन कम्पनी आजियटाको स्वामित्व खरिद गरेको हो । लन्डनमा वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण शुरु भएको छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले हिजो विज्ञप्ति निकालेर पुष्टि गरेको छ । विज्ञप्तिमा आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीसम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ । आजियटाले अहिले भने पाँच करोड अमेरिकी डलर अर्थात् झण्डै ६ अर्ब रुपैयाँमा बिक्री गरेको छ । ...
पर्यटक तान्दै मत्स्यपोखरी
अर्थ/व्यापार, रोचक, समाचार, समाज

पर्यटक तान्दै मत्स्यपोखरी

संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मत्स्यपोखरी सङ्खुवासभा कै एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाको सवारी दुरीमा रहेको यस पोखरीलाई जिल्लाकै एक उत्कृष्ठ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा स्थापीत गर्न चिचिला गाउँपालिकाले बिभिन्न दीर्घकालिन योजनाहरु अघि सारेको छ । पोखरीमा तिर्थयात्री तथा पर्यटकहरु असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् । असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणिय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । मत्स्य पोखरिको आकर्षण थप्न फोहोरा सहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदुत गौतम बुद्ध लगायतको प्रतिमा बनाई प्राण प्रतिष्ठा समेत गरिएको छ । अव चाँडैनै पोखरी वरिपरि लगाईएको रेलिङमा एक सय बढिको संख्यामा नेपालको राष्ट्रिय झण्डा फहराउने...
बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता
अर्थ/व्यापार, मुख्य समाचार

बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर १० प्रतिशत भन्दा मुनि झार्ने बताएका छन् । बुटवलस्थित आम्दा हस्पिटलकाे २५ औं बार्षिक समारोहलाई सम्बोधन गर्नेक्रममा आज उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन सरकार फागिरहेकाे जानकारि गराए । उनले भने ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषयलाई अहिले सरकारले प्राथमिकता दिएकाे छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ’ प्रधानमन्त्रि प्रचण्डले भने । बैक ब्याजदरले सर्वसाधारणकाे ढाड सेकिएकाे भन्दै अहिले अभियान्ता दुर्गाप्रसाईंले विभिन्न आन्दाेलनका कार्यक्रम अघिसार्दै ऋणिहरुलाई उचाल्दै ब्यवस्थाका बिरुद्ध नै बितिष्णा जगाउँदै आएका छन् ।...
शेयर बजार ४३ अङ्कले बढ्यो
अर्थ/व्यापार

शेयर बजार ४३ अङ्कले बढ्यो

आज बुधबार शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दु माथि पुगेको छ । शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बृद्धि भएको छ । त्यसैगरि आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयरमा १० प्रतिशतको बृद्धि आएको छ । नेप्से उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घट्न गएको छ । कारोबार घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको मात्र कारोबार हुनगएको छ भने दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।...
मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित हुनुपर्ने अख्तियार प्रमुख आयुक्त राईको भनाई
अर्थ/व्यापार, मुख्य समाचार

मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित हुनुपर्ने अख्तियार प्रमुख आयुक्त राईको भनाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने धारणा राखेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा थप स्पष्टता आवश्यक रहेको बताए । । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हालसम्म मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरु नीतिगत निर्णय भन्ने बुझाइमा रहेको बताउँदै खरिदका र अफ्ठ्यारो विषयहरुलाई मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइने गरेको जानकारी दिए । विभिन्न निर्णयहरुको सम्बन्धमा विवाद आउने गरेको भन्दै यस विषयमा गम्भिर रुपले सोच्नुपर्ने अख्तियार प्रमुख राईले सुझाव राखे । भ्रष्टाचार गरेको पैसा अरुको नाममा राख्ने प्रवृत्ति बढेको भन्दै उनले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन...
प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)
अर्थ/व्यापार, भिडीयाे

प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)

पुर्व राज्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननीय दिपक खड्काले असाेज १८ गते बसेको प्रतिनिधिसभाकाे बिशेष समयमा बाेल्दै असोज १६ गते वझाङमा गएको विनासकारी भुकम्प, अरुण तेश्राे मुआब्जा पिडितकाे अवस्था, सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण र नेपाल स्काउटको विषयमा जाेडदार रुपमा कुरा उठाएका छन् । भीडियाे https://youtube.com/watch?v=-Eqz17npClo&si=EWw9rA_PzeByxyDJ ...
बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ
अर्थ/व्यापार

बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ

बचतकर्ताको साढे चार करोड रुपैयाँ फिर्ता नदिएकाे भन्दै ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिने प्रलाेभनदिई निक्षेप लिने तर बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नदिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा रहेका छन् । सहकारिका संचालकहरु बचतकर्ताको रकम फिर्ता गर्नुभन्दा छलिने गरेकाे सिआईबिकाे भनाई छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ । ...
शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार
अर्थ/व्यापार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ । आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।...