मुख्य समाचार Archives - Page 5 of 8 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

मुख्य समाचार

कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित
मुख्य समाचार

कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ । ५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् । १०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् । अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ । ...
सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने
मुख्य समाचार

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनको कार्यादेशमा सहमति जुटेको हो। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले तीन दलको आइतवार बिहान बसेको बैठकमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउनेबारे तीन दलका अध्यक्षहरूबीच सहमति जुटेको नागरिक न्युजलाई बताए। उनले आइतवार आयोग गठन गरेर काम सुरु गर्नेगरी सहमति जुटेको बताए। विदेशबाट इलेक्ट्रिक सिगरेट मा सुन राखी अवैध पैठारी गरिएको मिति २०८० साउन २ गते बे्रक–सुमा राखी अवैध पठारी गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई ग...
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’
मुख्य समाचार

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिनुभयो ।  केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो ।   यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन...
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
मुख्य समाचार

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ...
शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर
अपराध, मुख्य समाचार

शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो । शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । ...
यो सरकार रहनु देशका लागि दुर्भाग्य : ओली
मुख्य समाचार

यो सरकार रहनु देशका लागि दुर्भाग्य : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’ सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’ प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’ ...
एम्बुलेन्सका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौं महानगरको आह्वान
मुख्य समाचार

एम्बुलेन्सका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौं महानगरको आह्वान

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ । महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार इच्छुक गाउँपालिकाले एम्बुलेन्स मागका लागि निवेदन दिन सक्नेछ । कार्यपालिकाको निर्णय समेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो । सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ । महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो । ...
६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वोच्चको परमादेश
मुख्य समाचार

६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन परमादेश जारी गरेको छ । सर्वोच्चले पोखरा महानगरपालिकासहित विपक्षीको नाममा जारी गरेको यस परमादेशको पूणर्पाठ सार्वजनिक भएको हो । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले गत असार ४ गते जारी गरेको परमादेशको पूर्णपाठ अहिले आएको हो। न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले फेवाताल वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसम्म क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने ठहर गरेको हो। उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रूपले हरियाली क्षेत्र घोषणा गरी सोहीबमोजिम कायम गर्नसमेत परमादेशको पूणर्पाठमा उल्लेख छ । सर्वोच्चले २०३१ साल पछिको दर्ता खारेज गर्न एवं मुआब्जा नदिन पनि भनेको छ । २०३३ सालतिरको नापीभन्दा पहिले देखिक...
राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ
मुख्य समाचार

राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बुधवार आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (स्विट्जरल्यान्ड) ले शपथ लिएका हुन् । शपथ समाराेहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियाे । ...
४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन
मुख्य समाचार

४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन

प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो। सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल वि.सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार  जनम राई छन्। त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन छ्न। उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गरा...