विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा
श्रावण २६
एजेन्सी
आन्दोलनकारीले सबोच्च अदालतको घेराउ गर्दे हिंसात्मक आन्दोलन शुरु गरेपनि बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले प्रधानन्यायधीशले राजीनामा दिएका छन् । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आज बिहानैदेखि हज्जारौंको सङ्ख्यामा सहभागि आन्दोलनकारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै नाराबाजी सहित हिंसात्मक गतिबिधी गरेका थिए ।
आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामाको माग अघि सारेका छन्। प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा नै काम गरिरहेको त्यहाँ आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन् ।
बङ्गलादेशमा नोबेल प...









