समाचार Archives - Page 31 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

चट्याङबाट शिलिचाेङमा एककाे मृत्यु
समाचार

चट्याङबाट शिलिचाेङमा एककाे मृत्यु

भाद्र ९ शनिबार साँझ करिव ६:०० बजे परेकाे चट्याङले घरमै रहेको अवस्थामा सिलिचोङ ४ माङ्तेवा निवासी तिर्थ कटुवालकाे मृत्यु भएकाे छ । चट्याङबाट घाइते भएका उनलाई थप उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएकाे जनाईएकाे छ । चट्याङबाट गाउँका कम्तिमा ५ जना बेहोस भएका थिए । अन्य अवस्था हाल सामन्य रहेको वडासचिव पौरख खातिले जानकारी दिए । चट्याङबाट माङतेवा क्षेत्रको विद्युतको वाईरिङ, इन्टरनेट राउटर लगायतमा क्षती पुगेकाे वडा सचिब खातिले जनाए । -...
अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए
अपराध, समाचार

अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए

भाद्र ८ झापाःअस्पतालको बेडबाट केहि दिन अघि हतकडी फुस्काई फरार रहेका थुनुवा चार दिन पछि पुन पक्राउ परेका छन् । लागु औषध मृद्धाका थुनुवा दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई लाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई अजुनधारा ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएको बहाना बनाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना भएका उनि मध्यराति हतकडी फुस्काई फरार रहेका थिए । राईको सुरक्षामा लापर्वाही गरेको भन्दै उनको निगरानिमा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बन गरिएको थियो ।...
एकै महिनामा ६० हजार नेपाली बिदेशिए
अन्तर्राष्ट्रिय, समाचार

एकै महिनामा ६० हजार नेपाली बिदेशिए

भाद्र ८ अघिल्लो एक महिना अर्थात श्रावण महिनामा बिदेशिने नेपालीका संख्या ६० हजार पुगको छ । वैदेशिक रोजगार विभागले चालु आव २०८१÷०८२ को शुरुआत साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपालीले वैदेशिक रोजगारीको खोजिमा देश छाडेको जनाएको छ । साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेश हानिएको रोजगार विभागले उल्लेख गरेको छ । बिभागले जीटूजी मार्फत ६ सय ६८ जना गएका छन् । साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिन्छ । बिदेश जानेमा तुलनात्मक रुपमा मलेसिया जानेको संख्या भने घटेको छ । यो श्रावणमा मलेसियामा १ हजार ३४४ जना मात्र गएका छन् । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको बताईएको छ । गएको श्रावण महिनामा सबैभन्दा धेरै यूएई गएको विभागका निर्देशक...
कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता
समाचार

कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता

भाद्र ८ संखुवासभा चिचिला २ स्थीत कागुवा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । सनिवार विहान खोलाले बगाउँदा मृत्यु हुनेमा खाँदबारी नगरपालिका ४ का ४५ बर्षीय गंगा बहादुर गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्याल य संखुवासभाका प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । अरुण तेश्रो परियोजनामा मजदुरी गर्दैआएका गुरुङ्ग केहि समयका लागि बिदा लिएर घर फर्कने क्रममा रहेको जनाईएको छ । उनिसंगै खोला तरेका साथी गोरे बहादुर गूरुङ्गले साथी गंगाबहादुरलाई खोला तर्नेक्रममा कागुवाले बगाई लगेको जानकारी दिए । प्रहरीले बेपत्ता गुरुङ्गको ब्यापक खोजि गरिएपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ । खोजि कार्यलाई निरन्तरता दिईने पहरीको भनाई छ ।...
भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने
समाचार, समाज

भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने

भाेजपुर भाद्र ७ शाारदा बाेम्जन भोजपुरको ऐतिहासिक टक्सार बजारको संस्कार, संस्कृति संरक्षणका लागि यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ । यहि भाद्र १० र ११ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको हो । ♠ मेलाका लागि बिभिन्न समिति गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिनु भयो । उहाले मेलामा सांस्कृतिक कार्यक्रम, लाखे नाच, कृष्ण भजन, मनोरञ्जनात्मक खेलहरु पिङ, नेवारी खाजाका परिकारहरु राखिने बताउनु भयो । भोजपुर नगरपालिका–१२ को आयोजनामा हुने दुईदिने मेलाको तयारी थालिएको छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र सम्बर्धन सहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अव...
तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि
समाचार

तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि

तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ। ...
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
समाचार

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

भाद्र ७ संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो
समाचार

मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो

भाद्र ७ मुस्ताङमा हिमपहिरो खसेको छ। थसाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो। हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, पहिरोस्थल नजिकै पुगेका उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए। श्राेत: देस संचार डट कम...
तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो,
समाचार

तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो,

भदौ ७, तनहुँमा भएको दुर्घटनामा परि मृत्यु हुने १४ जनाको शब निकालिएको छ । आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको शव संकलन गरिएको छ भने १६ घाईतेलाई उपचारका लगिएको छ । ससस्त्र प्रहरीका अनुशार अहिले सम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको भने अन्इ १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पुर्याईएको छ । उद्धार कार्यमा गोताखोर सहितको टोली खटिएका छन् । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दाहरु उद्धारका लागि खटिईरहेकाले दुर्घटनाको यकिन तथ्यांङ्क आईनसकेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाए । थापाका अनुशार दुर्घटनास्थल अप्ठेरो ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी खोजि तथा उद्धारको कार्य अघि बढाईएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँब...
सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान
समाचार, समाज

सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान

भदाै १ संखुवासभा । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल सभापोखरीले श्रमदान अभियान संचालन गरेको छ । शनिबार सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोडिने ‘लाइफलाइन’ को रुपमा रहेको पुलको रंगरोगन र सरसफाई गरेको हो । सभापोखरी गाउँपालिका–१ र खाँदबारी नगरपालिका–७ को बीचको पांठामा रहेको पक्की पुल करिब ८/१० बर्ष अगाडी नै निर्माण सम्पन्न भएपनि संरक्षण नहुदाँ दिनानुदिन जीर्ण बन्र्दै गइरहेको थियो । सोही पक्की पुलको रंगरोगन गरिनुका साथै पुलदेखि केही माथिको भाग सम्म सडकको दायाँबायाँ जारजंगल सरसफाई गर्ने, नाली सरसफाई लगायतको कामहरु श्रमदानको रुपमा गरिएको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए । उनले गाउँपालिकाले रंग लगायत चाहिने सामग्रीहरु उपलब्ध गराएको र रंग लगाउने, सडक सरसफाई गर्ने लगायतको कामहरु युवाहरुले स्वतस्फूर्त रुपमा गरेको बताए । ‘पालिकासँग स्रोत निश...