समाचार Archives - Page 32 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

थामे बाढी : १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति, १ जना बेपत्ता, ७ घर जोखिममा
समाचार

थामे बाढी : १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति, १ जना बेपत्ता, ७ घर जोखिममा

भानुभक्त निरौलासंचकर्मी (सोलुखुम्बु) थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ भने एक जना स्थानीय बेपत्ता भएका छन् । ती घरहरु कोही पुररिएर र केही बगाएर क्षतिग्रस्त भएका हुन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटल सहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि द्वारिका प्रसाद घिमिरेले बताए । डिएसपि घिमिरेका अनुसार स्थानीय एक जना बाढीमा परि बेपत्ता भएका छन् । दिउसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन । घटना स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको प्रजिअ देवि खत्री पाण्डेले जानकारी दिईन । थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबक्त...
सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
समाचार

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

श्रावण ३२ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, केही समयमा थप जानकारी आउँछ । यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’ यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ । यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय...
कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना
समाचार

कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

श्रावण ३१ अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा सबै प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट,...
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
समाचार

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

श्रावण २९ बारा जिल्लामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम रहेका छन् । उनिहरुको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । डिएसपी सापकोटाका अनुसार उनिहरुले आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सुतेका थिए । केहि बेर पछि उनिहरुलाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या देखिएपछि सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा नौं बर्षिया लालिमाको बाटोमै र सात...
मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त 
राजनीति, समाचार

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त 

श्रावण २९ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । १२ मन्त्री र ८ राज्यमन्त्री गरि २० जनाको जम्बु मन्त्री मण्डल बनाएको भन्दै तिब्र आलोचना भएको र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । मधेशमा नेकपा एमालेका तीन, नेपाली कांग्रेस र जनमतका दुई र दुई जना र लोसपाका एक राज्यमन्त्री नियुक्त गरिएको थियो । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री यथावत छन् । प्रदेश सरकारप्रति जनतामा तिब्र बितृष्णा रहेको अवस्थामा ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै बिरोध जनाएका थिए ।...
भोटखोला युवा सरोकार मञ्चले प्रख्यात हिमाल आरोहिहरुलाई गर्याे सम्मान
समाचार

भोटखोला युवा सरोकार मञ्चले प्रख्यात हिमाल आरोहिहरुलाई गर्याे सम्मान

भोटखोला युवा सरोकार मञ्चले प्रख्यात हिमाल आरोहिहरुलाई सम्मानित गरेको छ । मञ्चले एक कार्यक्रमकाबीच युवा हिमाल आरोही लाक्पा शेर्पालाईसमेत सम्मानित गरेको छ । संसारका आठहजार माथिका सबै हिमाल आरोहण गर्ने लक्ष्य लिएर बिभिन्न महादेशका हिमाल आरोहण गरी रहेका लाक्पा शेर्पालाई नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सम्मानित गर्नुभएको हो । सगरमाथा र मकालु हिमाल आरोहणमा निकै दक्खल राख्ने युवा आरोही शेर्पाले बिभिन्न हिमाल आरोहण गरेर कीर्तिमान कायम गरी सकेकाछन् । हिमाल आरोहण निकै कठिन काम भए पनि हिमाल आरोहणबाटै विश्वसामु नेपाल चिनाउन पाउँदा खुशी लाग्ने गरेको उन्ले बताए । मकालु हिमाल आरोहणमा शेर्पाले नेतृत्व गरी रहेकाछन् । उन्ले अफ्रिका र युरोपको अग्लो हिमापनि आरोहण गरी सकेकाछन् । भोटखोला युवा सरोकार मञ्चले सम्मान गरेकोमा आफूलाई अझै हिमाल आरो...
वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि
अन्तर्राष्ट्रिय, समाचार

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि

श्रावण २८ वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार ५ वर्ष अघि कामको लागि २८ हजार ४३३ जना नेपाली महिला विदेश गएकोमा गत आर्थिक वर्षमा यो सङ्ख्या १ सय ८१ प्रतिशतले बढेर ८० हजार १ सय ७२ पुगेको छ । जसमध्ये संस्थागत श्रम स्वीकृति लिएर ३७ हजार ७१८ जना र व्यक्तिगत श्रम स्वीकृति लिएर २० हजार ६३५ महिला रोजगारीका लागि बिदेसिएका छन् । सरकारी प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जाने महिलाको सङ्ख्या भने १ हजार २०४ जना रहेकोमा बेलायतमा नर्स कार्यक्रम अन्तरगत ४१ जना मात्रै गएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताउनुभयो । पछिल्लो समय शिक्षामा महिलाको पहुँच बढ्दै गएको र रोजगारीका लागि नयाँ नयाँ गन्तब्य बढ्दै गएकोले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यो खवरलाई सिआईएन खवर डट कमले प्राथमिक...
पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार
समाचार, स्वास्थ्य

पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार

श्रावण २७ संखुवासभा पाठेघर फुटेर गर्भमा भएको शिशु गुमाएकी सुत्केरी आमालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ पुर्याईएको छ । सदरमुकाम स्थीत खाँदबारी अस्पतालमा सुत्केरी हुन आएकी भोजपुरको षडानन्द नगरपालिका ५ कि ३३ बर्षिया नानीमैयाँ मगरलाई थप उपचारका लागि आइतबार सेनाको हेलिकप्टरमार्र्र्र्र्र्फत उद्धार गरिएको हो । भोजपुरको षडानन्द नगरपालिका(५ की ३३ वर्षीया नानीमैया मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रम अर्न्तगत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आइतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको जिल्ला अस्पतालका डाक्टर प्रदिप श्रीवालले जनाए । पाठेघर फुटे लगत्तै गर्भमा रहेको ४२ हप्ताको शिशुको मृत्यु भएको डाक्टर शिलवालको भनाई छ । सदरमुकामस्थीत खाँदबारी अस्पतालमा उनको उपचार सम्भव नभएपछि सुत्केरी आमालाई थप उपचारका लागि उद्धार गरि परोपकार प्रसूति गृह तथा स...
नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा
समाचार

नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा

श्रावण २७ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा माओबादीका नेताहरु राजा महाराजा जस्ता हुँदा पार्टि सकिँदै गएको बताएका छन् । काठमाण्डौमा जारी माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा आफ्ना १४ पृष्ठे लामो प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप समेत लगाए । उनले अहिलेसम्मको योगदानलाई संस्थागत गर्दै वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न अध्यक्ष प्रचण्डले ढिला गर्न नहुने धारणा राखेका थिए । शर्माले अहिलेको केन्द्रीय कमिटी भङ्ग गरि महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचन मार्फत नै नयाँ नेतृत्व चयन गर्न समेत माग राखेका थिए । उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्धमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएकोले उनिहरुलाई समेटेर पार्...
मधेसबाहेक ६ वटा प्रदेशमा आज मुसलधारे पानी पर्ने सम्भावना
समाचार

मधेसबाहेक ६ वटा प्रदेशमा आज मुसलधारे पानी पर्ने सम्भावना

श्रावण २७ आज राति कोशी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्तकषता अपनाउन आगं्रह गरेको छ । यसैबीच बाढी पूर्वानुमान् महाशाखाले सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदी तथा ती नदीका सहायक नदीका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने संभावना रहेको जनाउँदै ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत अनुरोध छ । प्रतीकात्मक तस्बिर ...