हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह
श्रावण २३
बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्।
एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुबैजनालाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए।
बङ्लादेश नेशनलिस्ट पार्टी बिएनपी का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग पनि गरे।
बङ्गलादेशमा आरक्षण कोटा प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु...









