एमसिसी परियोजना बुधबार देखि कार्यान्वयनमा
भाद्र १४, अमेरिकी सहायता परियोजना एमसिसी बुधबार देखि कार्यान्वयनमा आएको छ।
बुधबार अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले संयुक्त रुपमा नेपालमा एमसिसी परियोजना शुरु भएको घोषणा गरेका हुन् ।
एमसिसी कार्यान्वयनमा आएको घोषणा सँगै नेपालमा एमसिसीको पाँच वर्षे अवधिको पनि गणना सुरू भएको छ। एमसिसी सम्झौता अनुशार निर्माण गरिने परियोजनाहरू आगामि ३० अगस्ट २०२८ सम्म सम्पन्न गरिसक्नुपर्नेछ । ।
बुधबारबाट कार्यान्वयनमा आएको भनिएको एमसिसीअन्तर्गत ३ सय १५ किमि लम्बाई रहेको बिद्युत प्रसारण लाइन, सबस्टेशन र सडक निर्माण तथा मर्मतका आयोजनाहरु रहेका छन्। त्यसैगरि सडक आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति समेत गरिने उल्लेख छ।
बिद्युत ट्रान्समिसन लाईन अन्तरगत पहिलो चरणमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडा...








