Blog - Page 103 of 106 - साझाकुरा
मङ्लबार, फाल्गुन २६, २०८२

Blog

फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम
अर्थ/व्यापार, मुख्य समाचार

फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम

पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि हुने क्रम निरन्तर रुपमा जारी छ । नेपालआयल निगमले बिहिबार रातिदेखि लागहुने गरि पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ३ र एलपी ग्यासमा २३५ रुपैयाँले मुल्य बुद्धि गरिएको जानकारी दिए । अन्तराष्ट्रिय बजारसंग मुल्य समायोजन गर्न पेट्रोलमा लिटरको ४ रुपैयाँ र डिजलमा ३ रुपैयाँ मूल्य बृद्धि गरिएको निगमको भनाई छ । बिहिबार रातिदेखि लागु हुने नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १,६६० मा बिकृ हुँदै आएकोमा शुक्रबार बिहानदेखि भने १,८९५ पर्नेभएको छ । आयल निगम कर्पाेरेशन संचालक समितिको बिहीबारको बैठकले पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि गर्नै निर्णय गरेको हो।...
जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य
अन्तर्राष्ट्रिय, समाचार

जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य

दक्षिण अफ्रिकाको ठूलो सहर जोहानेसबर्गको आगलागिमा परि ६५ जनाको मृत्यु भएको छ । त्यहाँ रहेको एक पाँच तले भवनमा अकस्मात आगलागि हुँदा ६५ जनाको मृत्यु भएको छ भने ५० बढि गंभिर घाईते भएको बीबीसीले उल्लेख गरेको छ । आगलागि पश्चात आग्नी नियन्त्रण र उद्धारमा खट्ने दर्जन बढि उद्धारकर्ता र सहयोगिहरुको समेत ज्यान गएको बताईएको छ । त्यहाँका आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे सेवा अवधीमा यति बिनासकारि आगलागि कहिल्यै नदेखेको भन्दै दुख ब्यक्त गरेका छन् जोहानेसवर्ग दक्षिण अफ्रिकाकै सवैभन्दा ठुलो र अति ब्यस्त सहर मानिन्छ । यो सहर जोहानेसवर्गको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रका रुपमा रहेको प्रवक्ता मुलाउजीले बताए । उनले उक्त भवनमा अझैपनि पुरिएका शवहरु हुनसक्ने भन्दै खोजि कार्य जारिरहेको जानकारी दिए । उनले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भैरहेको ब...
भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार, राजनीति

भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड

भाद्र १४ प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाम भ्रष्टाचारको कुनै फाईलमा देखिए आफुलाई समेत नछाड्न सिआइबीलाई आग्रह गरेका छन् । समाजबादी मोर्चाले बिहिबार सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त आग्रह गरेका हुन् । अहिले सरकार भ्रष्टाचार र भ्रष्टाचारिका बिरुद्धमा मिसनमा रहेकाले यो समयमा सरकारलाई थप उर्जा र समर्थन गर्न आग्रह गरेका थिए । भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले उन्मुक्ति नदिने भन्दै उनले सरकार भ्रष्टचारका बिरुद्ध शुन्य सहनशिलताका साथ अघि बढिरहेको बताएका थिए । देश र नेपाली जनाताको सर्बोत्तम हितका खातिर सरकार गठबन्धन र मोर्चा एक ढिक्का हुन आवश्यक रहेकोमा जोड दिए । सरकारले चालेको भ्रष्टचार बिरुद्धको कार्वाहिबाट तर्सिएकाहरुले सरकार बिरुद्ध षडयन्त्र गरिरहेको प्रधानमन्त्रीि पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो...
६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी
मुख्य समाचार, समाचार

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो ९सीआईबी० का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’ स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो । ‘हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै ...
चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी
मुख्य समाचार, रोचक

चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी

भाद्र १४, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो ले चन्द्रमाको सतहमा अक्सिजनको संकेत मिलेको दावी गरेको छ । भारतको चन्द्रयान–३ को रोभरले त्यहाँ अक्सिजन र धेरै मात्रामा खनिज पदार्थको सङ्केत फेला पारेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अगष्ट २३ मा भारतले चन्दमाको दक्षिणी धु्रवमा चन्द्रयान ३ सफल रुपमा अवतरण गराएपछि चन्द्रमाका बारेमा धेरै जानकारीहरु संकलन भैरहेको जनाईएको छ । चन्द्र सतहमा सिलिकन, टाइटेनियम, म्याग्नीज, क्रोमियम, क्याल्सियम फलाम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थहरु रहेको प्रज्ञान रोभरमा जडित लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप ९एलआईबीएस०’ उपकरणद्वारा संकेत मिलेको दावी गरिएको छ । रोभरमा जडित उपकरणले दक्षिणी ध्रुवनजिक चन्द्र सतहमा सल्फर टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम जस्ता खनिजपदार्थको रहेको र त्यहाँ अहिले हाईड्रोजन रहेको...
जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ
अपराध

जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवकलाई प्रहरिले पक्राउ गरेको छ । कटारी नगरपालिका ४ बस्ने मोरङ विराटनगर महानगरपालिका(१६ का ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। उनि बिरुद्ध डर धम्कि देखाई आफुलाई जवरजस्ती करणी गरेको भन्दै एक २८ बर्षिया महिलाले प्रहरिमा उजुरी दिएकी थिईन् । ...
डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित
समाचार

डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित

भाद्र १४,निर्वाचित भएको डेढ बर्ष नबित्दै सप्तरीका चार जना पालिकाप्रमुखहरु निलम्बित भएका छन् । भ्रष्टाचार गरि पदिय दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी बोदे बरसाइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजविराज नगरपालिका मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता र विष्णुपुर गाउँपालिका प्रमुख अध्यक्ष उमेशप्रसाद यादव बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेपछि उनिहरु निलम्बनमा परेका हुन् । उनिहरुले आफ्नो पदिय आचरणको दुरुपयोग गरि कर्मचारीसंग संलग्न भै बिभिन्न योजनाका रकमहरु मिलेमतोमा भ्रष्टाचार गर्ने गरेको अख्तियारको दावी छ । ...