Blog - Page 18 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण
अपराध, समाचार

धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण

मंशिर १९ गत मंगलबार राति प्रहरीले धरानबाट गोली हानेर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ ।  धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली हानेर गाजा बरामद गरेको हो । धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए । प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाजा ओसारपसारमा संलग्न मध्ये १ जना पक्राउ परेका छन् भने अर्का एक फरारको खाेजि भैरहेकाे सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।  उनले गाजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताएका छन । एसपी तिम्सिनाले गाजा नियन्त्रण गरिएको विषयमा बुधबार दिउसो पत्रकार सम...
दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो

मंशिर १९ दक्षिण कोरियाली संसदमा चर्को आलोचना भएपछि  राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिनुभएको छ । सांसदहरुले सदनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो निर्णयबाट केही घण्टामै पछि हट्नु परेको हो । सिओलको नेशनल ऐसम्ब्ली अर्थात राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका बीबीसीले जनाएको छ । राष्ट्रपतिको कदमलाई लिएर संसद बाहिरसमेत प्रदर्शन भएको छ । उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न भन्दै राष्ट्रपति यूनले देश विरोधी तत्वलाई सखाप पार्न सैनिक शासन घोेषणा आवश्यक परेको दाबी गर्नुभएको थियो । राष्ट्रपति यू आदेशबाट पछि हटेलगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ । कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ ...
अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति
समाचार, स्वास्थ्य

अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति

संखुवासभा मंशिर १८ जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति संखुवासभाले अबैध मदिरा बिक्रि बितरणमा कडाई गर्ने भएको छ । मंशिर १४ गते करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा कर अधिकृत योगेश भटराईको अध्यक्षतमा बसेको बसेको ७ सदस्यीय जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिका सदस्यहरुमा एक नं. वडा कार्यालयका अध्यक्ष तथा खाँदबारी नगरपाििलका कार्यपालिका सदस्य निरञ्जन श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भोगेन्द्र श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोज कुमार बज्राचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक डम्बर मगर सदस्य तथा करदाता सेवा कार्यालय खाँदबारीका नायव शुब्बा संजय राई सदस्य सचिव रहेका छन् । केहि दिन अघि खाँदबारीमा बसेको समितिको बैठकले अबैध मदिरा उत्पादत तथा बेवबिखवनको कार्य अबैधानिक रहेको भन्दै मदिराजन...
नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना
समाचार

नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना

 संखुवासभा मंशिर १७ नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना गरिएको छ । आए एक कार्यक्रमका बिच नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय महासचिव दीपेन्द्र बान्तवाले होर्डिङ्ग बोर्ड राखेर कार्यालयको उद्घाटन गरेका हुन् । खाँदबारी १ दुरसंचार टोलस्थीत खाँदबारी एफएमको भवनमा कार्यालय उद्घाटन गरिएको हो । नेपाल अर्बूद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यको सभापतित्व तथा केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यालय समुद्घाटन कार्यक्रममा खाँदबारी एफएमका अध्यक्ष सरोज कुमार बज्राचार्य, युवा नेता तथा अर्बूदका आजिवन सदस्य दीपनकुमार श्रेष्ठ, हिमालय माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अर्जून पराजुली लगायतको उपस्थीति रहेको थियो । अर्बूद रोग निवारण संस्थाका उपाध्यक्ष निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रम...
नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २३ औं जिल्लासभा तथा अधिवेशन सम्पन्न÷ शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन
समाचार

नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २३ औं जिल्लासभा तथा अधिवेशन सम्पन्न÷ शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन

मंशिर १५ नेपाल अर्बूद रोग निवारण संस्थाको २३ औं जिल्ला सभा तथा अधिवेशन आज खाँदबारीमा सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनले कृष्णराज शाक्यको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निरन्जन श्रेष्ठ, सचिवमा सुरेन शाक्य, सहसचिवमा लेलिन श्रेष्ठ, कोषाध्यक्षमा मेनुका श्रेष्ठ, सदस्यहरुमा क्रमस अनुपयुश शाक्य, सुजन बज्राचार्य, सुजन श्रेष्ठ, मिलन श्रेष्ठ निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता तथा अर्बूदका केन्द्रिय महासचिव तथा निर्वाचन अधिकृत दीपेन्द्र वान्तवाको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण भगत प्रधान, नेपाल मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लोकदर्शन शाक्य, नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरी, नेपाली काँग्रेसका पुर्व जिल्ला सभा...
आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिँदै
खेलकुद, समाचार

आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिँदै

संखुवासभा मंशिर १४ संखुवासभाको खाँदबारी ४ मा रहेको भगिवन्त रंगशालमा आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ। किराँतहरुको मौलिक पर्व सोकला उँधौलीको अवसरमा लोहोरुङ्ग क्लव पाङ्माको आयोजनामा आगामी मंशिर २७ गते देखि पौष १ गते सम्म प्रतियोगिता संचालन हुने आयोजक संस्था लोहोरुङ क्लवले पत्रकार सम्मेलन मार्फत जनाएको छ । प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १० वटा फुटवल क्लवको सहभागिता रहने आयोजको भनाई छ । सहभागि टिमहरुमा लोहोरुङ क्लब, एडभान्स क्लब, खाँदबारी युथ क्लव , तुम्लिङटार स्पोर्टिङ क्लब, तिनपोखरी समाज बिकास क्लव सेकाहा सामुदाईक बिकास क्लव, सभापोखरी फुटबल क्लब, मकालु फ्रेण्ड्स क्लब, सितलपाटी फुटबल क्ल्ब्ब, आदर्श युथ क्लब झापाले प्रतियोगितामा सहभागिता जनाउने बताईएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २ हजार २ सय २२ शिल्ड, मेडल र प्रमाणपत्र प्रा...
इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा

मंसिर १२ पाकिस्तानको राजधानी इस्लामावादमा पुर्व प्रधानमन्त्री ईमरान खानका पक्षमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई ब्यापक धरपकड र दमन गरेको छ । मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक धरपकड र दमन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हिजो त्यहाँको प्रशासनले इमरान खानको पार्टीसँग सम्बद्ध करिब पाँच सय बढि प्रदर्शनकारीलाई पक्राउ गरि कार्वाहि अगाडि बढाएको छ । केहि दिन अघि आन्दोलनको तैयारीमा खटिएकी इमरान खानकी श्रीमती बुशरा बीबीलाई पाकिस्तान सरकारले बेपत्ता बनाएको आन्दोलनकारिहरुको भनाई छ । तर उक्त आरोपको खण्डन गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले ईमरानकी श्रीमति बुशरा बीबी खैबर पख्तुनख्वा प्रान्तमा शुरक्षित रहेको खुलासा गरेका छन् । बीबीसीका अनुसार पाकिस्तान तहरीक(ए(इन्साफ mपीटीआईः पेशावरका अध्यक्ष अरबाब नसीमका अनुसार श्रीमति ...
फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, आसपासका जिल्लामा विद्यालय बन्द
अन्तर्राष्ट्रिय, समाचार

फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, आसपासका जिल्लामा विद्यालय बन्द

मंसिर १२ भारतको तमिलनाडुमा फेङ्गल आँधीको त्रासले आसपासका जिल्लाका विद्यालयहरु बन्द गरिएका छन् । आँधीपछि भारी वर्षाको सम्भावनाका रहेकाले तामिलनाडुमा रेड नोटिस जारि गरिएको त्यहाँको मौसम बिभागले जनाएको छ। स्थानीय प्रशासनले चेन्नई र आसपासका बिद्यालयहरु केहि दिनका लागि बन्द गर्न आदेश दिईसकेकाले बिभागले जारी गरेको संबेदनशिल क्षेत्रका बिद्यालयहरु केहि दिनका लागि बन्द गर्न भारतिय शिक्षा मन्त्रालयले समेत निर्देशन दिएको जनाईएको छ । भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी उत्पन्न हुनसक्ने चेतावनी दिएको छ । त्यहाँको संचार माध्यमहरुले जनाए अनुशार बुधबार साँझदेखि आँधिको दबाब उत्तरपश्चिमतर्फ वहनेछ जसले चक्रवातको रूप लिन सक्छ भनिएको छ । मौसम विभागका अनुसार तमिलनाडु र आसपासका जिल्लाहरुमा बिहीबारसम्म अबेरसम्म वर्षा जारी रह...
शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार
अर्थ/व्यापार, समाचार

शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार

मंसिर १२, शेयर बजारमा आज पनि उच्चको बृद्धिदर देखिएको छ । मंगलबार ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बृद्धि भएर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । फाइनान्स बाहेक आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको हो । आज कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, विशाल बजार, , मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ । आज शेयर कारोबार रकममा बृद्धि आएको छ । तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भै उल्लेख्य बृद्धि आएको हो ।...
उद्योगको बिद्यूत लाईन नकाटिने
अर्थ/व्यापार, समाचार

उद्योगको बिद्यूत लाईन नकाटिने

मंसिर १२, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले उद्योगहरुको बिजुलीको लाइन हाललाई नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले तिर्न बाँकि बक्यौता असुल उपरका लागि वैकल्पिक बाटो प्रयोग सहज ढंगबाट बक्यौता उठाउने निर्णय गरेको छ । यो निर्णयसंगै आजजम्मका लागि बक्यौता बुझाउन निर्देशन सहित उद्योगिलाई दिईएको समयको बिकाद टुङ्गिएको छ । यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि बिद्युतलाई जोडिएको थियो । प्राधिकरणले तत्कालका लागि बिजुली जडान गरि १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु एक दिन अघि नियमन आयोगले हिजो लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।...